मुख्य समाचार

तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

मुख्य समाचार
बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा यही मंसिर २१ गते शुक्रवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन हुन लागेको हो । दुर्गम भेगका जनतालाई गाउघरमै सेवा दिन एकिकृत घुम्ति शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुख्खा फलफुल विकास केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरुले सेवा दिने छन्  । शिविर मंसिर २१ गते मेलौली नगरपालिकामा, २२ र २३ गते शिवनाथ गाउपालिकामा र २४ र २५ गते पञ्चेश्वर गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बैतड
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका, चारजना पक्राउ

निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका, चारजना पक्राउ

मुख्य समाचार
काठमाडाैं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्
काममा केन्द्रित र जवाफदेही हुन सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काममा केन्द्रित र जवाफदेही हुन सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

मुख्य समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समीक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताएका थिए । “यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो ” प्रधानमन्त्री ओलीले भने “मन्त्रालयहरु
विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

मुख्य समाचार
काठमाडौँ । श्री विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्षझैं यस वर्ष पनि विकास पन्त स्मृति दिवश मनाएको छ । मंसिर ८ गते शनिवारका दिन विकास पन्त स्मृति दिवशको अवशर पारेर काठमाण्डौं जिल्ला गोल्फुटार, महाँकाल–५ स्थित श्री दिव्य सेवा निकेतन, जेष्ठ नागरिक आश्रालयमा आश्रित वृद्धा आमाहरुलाई उनीहरुको आवश्यकता र चाहाना वमोजिमको सहयोग उपलव्ध गरिएको हो । उक्त विशेष समारोहमा नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक श्री छविराज पन्तज्यूबाट न्यानो लुगा वितरण गर्नुका साथै मिठाई तथा फलफुल समेत प्रदान गर्नु भएको थियो । सोही अवशरमा उहाँले प्रतिष्ठानबाट सम्पादित गतिविधि उपर संक्षेपमा प्रकाश पार्नुका साथै दिव्य सेवा निकेतन, गोल्फुटारले समाज सेवामा पु¥याउँदै आएको योगदानको पनि सराहना गर्नु भएको थियो । सोही अवशरमा दिव्य सेवा निकेतनका उपाध्यक्ष श्री के.पी प्रधानजयूले निकेतनले हाल सम्म समाजमा
कर दिवसमा प्रधानमन्त्रीको शुभकामना– आफ्नै सेवा र सुविधाका लागि भएकाले कर तिर्दा द्विविधा नमानौं

कर दिवसमा प्रधानमन्त्रीको शुभकामना– आफ्नै सेवा र सुविधाका लागि भएकाले कर तिर्दा द्विविधा नमानौं

मुख्य समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गरेका छन्। ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उनले कर दिवसले सम्पूर्ण नेपालीको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरे। 'प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन। हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन। आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ,'
संस्कृति जाेगाउन बैतडीका सञ्चारकर्मीले खेले देउसीभैलो, साढे ४ लाख सङ्कलन

संस्कृति जाेगाउन बैतडीका सञ्चारकर्मीले खेले देउसीभैलो, साढे ४ लाख सङ्कलन

मुख्य समाचार
बैतडी । संस्कृति संरक्षण गर्ने उद्देश्यले बैतडीका सञ्चारकर्मीले खेलेको देउसी भैलोवाट ४ लाख ५५ हजार संकलन भएको छ । आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला बैतडीका सञ्चारगृह तथा सञ्चारकर्मी संस्कृति संरक्षणमा जुटेका थिए । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्ज बैतडीको आयोजनामा उक्त देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । तिहारको उपलक्ष्यमा पुचौर्डी नगरपालिका स्थीत राताशिला त्रिवेणी धाम बाट सुरु गरिएको देउँसी भैलो कार्यक्रम बैतडीसहित दार्चुलाका विभीन्न ठाउँमा खेलिएको थियो । पयर्टन प्रवद्धनको लागी देउसी भैलो समुह दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मडमा रहेको मल्लिकार्जुन राष्ट्रिय धाममा समेत पुगेको थियो । यसअघि रेडियाहरुले विभिन्न संस्कृति संरक्षणका लागी समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा यसपाल
तिहारको चौथो दिनः आज गाई, गोरु र गोवर्धन पूजा

तिहारको चौथो दिनः आज गाई, गोरु र गोवर्धन पूजा

मुख्य समाचार
काठमाडौँः तिहारको चौथो दिन आज गाई, गोवर्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। आज गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको
देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

देवकोटाको जन्मघरलाई संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

मुख्य समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए । महाकविको उक्त जन्मघर हाल जीर्ण अवस
बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

खेलकुद, मुख्य समाचार
बैतडी । देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधीका लागी पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्दैछन् । सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन नगरपालिका फाईनल प्रवेश गरेको हो भने दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका उपाधी नजिक पुगेको हो । निङ्गलाशैनी क्रिकेट क्लबको आयोजना र यूवा समाजसेवी तेजबहादुर चन्दको संरक्षकत्वमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । कात्तिक ८ ग
भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम

भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम

मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपाले दसैं तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ। शनिबार राजधानीको भृकुटीमण्डपमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरूलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए। चियापान समारोहमा नेताहरू माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति थियो । नेकपाले चिया, कचौरी, निमकी,केरा लगायत परिकार चियापानमा राखेको छ। चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधारणको उपस्थिति छ।