Author: Sidharekha Online

चुनावी प्रतिबद्धता पूरागर्न  सभासद् भण्डारी दौडधुपमा, बैतडीका ३३ हजार घरधुरीमा बिजुली र टेलिफोन पुग्ने

चुनावी प्रतिबद्धता पूरागर्न सभासद् भण्डारी दौडधुपमा, बैतडीका ३३ हजार घरधुरीमा बिजुली र टेलिफोन पुग्ने

मुख्य समाचार, राजनीति
गोकर्ण दयाल, बैतडी । बैतडीबाट निर्वाचित संघीय सभासद् दामोदर भण्डारीले चुनावमा जनतासामु बत्ती र टेलिफोन पुर्याउने प्रतिबद्धता पूरा गर्न दौडधुप सुरु गरेको बताउनुभएको छ । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट निर्वाचित भण्डारी बैतडीका ३३ हजार घरधुरीमा बिजुली र टेलिफोन पुर्याउन दौडधुपमा लाग्नु भएको हो । जिल्लाका समस्याहरुको पोको लगेर उर्जा मन्त्रालय दौडधुप गरेपछि मन्त्रालयबाट बैतडीका लागि ४० करोडका चार वटा ३३ केभी प्रशारण लाईन बन्न लागेका हुन् । त्यसै गरी सञ्चार सुविधाबाट बञ्चित रहेका बैतडीका ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सात वटा टावर निर्माण कार्य सुरु भएको छ । अध्याँरोमा रहेका ग्रामीण भेगमा बिजुली पुर्याउने लक्षका साथ पाटन–मेलौली, मुसे, सिल्लेगाडा–कटौजपानी र गिरेगाडा–नेटा ३३ केभी प्रशारण लाईन तथा सबस्टेशन आयोजनाको सर्बे सम्पन्न भएको छ । सर्बे सम्पन्न भएको
तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

मुख्य समाचार
बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा यही मंसिर २१ गते शुक्रवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन हुन लागेको हो । दुर्गम भेगका जनतालाई गाउघरमै सेवा दिन एकिकृत घुम्ति शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुख्खा फलफुल विकास केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरुले सेवा दिने छन्  । शिविर मंसिर २१ गते मेलौली नगरपालिकामा, २२ र २३ गते शिवनाथ गाउपालिकामा र २४ र २५ गते पञ्चेश्वर गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बैतड
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका, चारजना पक्राउ

निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका, चारजना पक्राउ

मुख्य समाचार
काठमाडाैं । बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्
विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

मुख्य समाचार
काठमाडौँ । श्री विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्षझैं यस वर्ष पनि विकास पन्त स्मृति दिवश मनाएको छ । मंसिर ८ गते शनिवारका दिन विकास पन्त स्मृति दिवशको अवशर पारेर काठमाण्डौं जिल्ला गोल्फुटार, महाँकाल–५ स्थित श्री दिव्य सेवा निकेतन, जेष्ठ नागरिक आश्रालयमा आश्रित वृद्धा आमाहरुलाई उनीहरुको आवश्यकता र चाहाना वमोजिमको सहयोग उपलव्ध गरिएको हो । उक्त विशेष समारोहमा नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक श्री छविराज पन्तज्यूबाट न्यानो लुगा वितरण गर्नुका साथै मिठाई तथा फलफुल समेत प्रदान गर्नु भएको थियो । सोही अवशरमा उहाँले प्रतिष्ठानबाट सम्पादित गतिविधि उपर संक्षेपमा प्रकाश पार्नुका साथै दिव्य सेवा निकेतन, गोल्फुटारले समाज सेवामा पु¥याउँदै आएको योगदानको पनि सराहना गर्नु भएको थियो । सोही अवशरमा दिव्य सेवा निकेतनका उपाध्यक्ष श्री के.पी प्रधानजयूले निकेतनले हाल सम्म समाजमा
पाटनमा आगलागी हुँदा ७० हजार बराबरको क्षती

पाटनमा आगलागी हुँदा ७० हजार बराबरको क्षती

समाज
बैतडी । पाटन नगरपालिका वडा नं ४ जोलाबाजमा आगलागी भएको छ । आइतबार बिहान करिब ४ बजे शेर सिंह महराको घरमा आगलागि भएको हो । आगलागी हुदा ७० हजार बारबरको नोक्सान भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र बहादुर सिँहले जानकारी दिुनभयो । आगलागी हुदा ८ वटा खरका थुप्रा २ वटा परालका थुप्रा, ४ वटा मकैका थुप्रा र दाउराको थुप्रो जलेर नष्ट भएको उहाले बताउनुभयो । पाटन नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयाताले आगलागी नियन्त्रणमा आउदा घर जल्नबाट जोगाउन सकिएको बताइएको छ । आगालागी के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
संस्कृति जाेगाउन बैतडीका सञ्चारकर्मीले खेले देउसीभैलो, साढे ४ लाख सङ्कलन

संस्कृति जाेगाउन बैतडीका सञ्चारकर्मीले खेले देउसीभैलो, साढे ४ लाख सङ्कलन

मुख्य समाचार
बैतडी । संस्कृति संरक्षण गर्ने उद्देश्यले बैतडीका सञ्चारकर्मीले खेलेको देउसी भैलोवाट ४ लाख ५५ हजार संकलन भएको छ । आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला बैतडीका सञ्चारगृह तथा सञ्चारकर्मी संस्कृति संरक्षणमा जुटेका थिए । रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्ज बैतडीको आयोजनामा उक्त देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । तिहारको उपलक्ष्यमा पुचौर्डी नगरपालिका स्थीत राताशिला त्रिवेणी धाम बाट सुरु गरिएको देउँसी भैलो कार्यक्रम बैतडीसहित दार्चुलाका विभीन्न ठाउँमा खेलिएको थियो । पयर्टन प्रवद्धनको लागी देउसी भैलो समुह दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मडमा रहेको मल्लिकार्जुन राष्ट्रिय धाममा समेत पुगेको थियो । यसअघि रेडियाहरुले विभिन्न संस्कृति संरक्षणका लागी समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा यसपाल
विश्व च्याम्पियनसिपका लागि बझाङका रोकाया काजख्स्तान प्रस्थान

विश्व च्याम्पियनसिपका लागि बझाङका रोकाया काजख्स्तान प्रस्थान

खेलकुद
नरेन्द्र बिष्ट, बैतडी । नेपाल क्योकुशिन संघका केन्द्रीय अध्यक्ष पुष्पलाल रोकाया अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन काजख्स्तान प्रस्थान गरेका छन्। काजख्स्तानको राजधानी अस्तानामा कात्तिक १७ र १८ गते आयोजना हुने दोस्रो केडब्ल्यूएफ क्योकुशिन विश्व च्याम्पियनसिपमा सहभागीता जनाउन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । जापान, अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीन, रुस, स्पेन, फ्रान्स लगायत ४७ देशका १ हजार २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त च्याम्पियनसिपमा नेपालबाट रोकाया मात्र सहभागी छन् । उनी २१ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ । एक युवा जसले खेल क्षेत्रमा बझाङ जस्तो दुर्गम जिल्लामा खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्‍याए । बझाङमा लामो समयदेखि बुदो कैदो फुलकन्ट्याक खेलाउँदै आएका पुष्पलाल रोकायाले क्योकुशिन नामक खेल भित्र्याएर बझाङमा केन्द्रिय कार्यालय रहने ग
बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

खेलकुद, मुख्य समाचार
बैतडी । देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधीका लागी पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्दैछन् । सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन नगरपालिका फाईनल प्रवेश गरेको हो भने दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका उपाधी नजिक पुगेको हो । निङ्गलाशैनी क्रिकेट क्लबको आयोजना र यूवा समाजसेवी तेजबहादुर चन्दको संरक्षकत्वमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । कात्तिक ८ ग
आलितालमा पहिलोपटक साईकल

आलितालमा पहिलोपटक साईकल

पर्यटन
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा साईकल पर्यटनको सम्भावना अध्ययन र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप कंञ्चनपुरको पुनर्वास क्षेत्र बाट सुरु गरेको ३ जना साईकल यात्रीहरुले डडेल्धुराका विभिन्न पर्यटकिय गन्तव्यहरुको भ्रमण गर्दै शुक्रबार आलिताल पुगी साईकल बाटै ताल परिक्रमा गरि आलितालमा साईकल पुर्याउने पहिलो समुह बनेको छ । कैलालीका भरत शाह, कञ्नपुर पुनर्वास घर भै हाल पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत तिर्थ अवस्थी तथा कास्की पोखराका युधिर गुरुङ्गको समुहले यस प्रदेशको विभिन्न पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्दै आलिताल सम्मको यात्रा गरेका थिए भने उक्त समुह लाई आलिताल परिसरमा आलिताल गाँउपालीकाका उपाध्यक्ष जला देवी बोगटी, प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोका, वडा नं.३ का वडा अध्यक्ष लोकेश साउद लगायत स्थानीयहरुले फुल माला सहित स्वागत गर्नु भएको थियो ।
पाटन स्टार बन्यो भलिबल बिजेता

पाटन स्टार बन्यो भलिबल बिजेता

खेलकुद, मुख्य समाचार
बैतडी । पाटन स्टार युवा समाजले आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा पाटन स्टार-I बिजेता बनेको छ । शनिबार पाटनमा सम्पन्न भलिबल प्रतियोगितामा पाटन स्टार-I प्रथम, निंलाशैनी युवा क्लब द्वितीय र पाटन स्टार-II तृतीय भएका छन् । भलिबल प्रतियोगितामा प्रथम हुने टीमले बोका, द्वितीय हुने टीमलाई कुखुराको भाले तथा तृतीय हुने टीमलाई ब्रोएलर कुखुरा प्रदान गरिएको पंकज भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग गरेकोमा सबै खेलाडी तथा दर्शकहरुलाई समाजका अध्यक्ष मुकेश ऐरले धन्यवाद दिनुभयो । पाटन स्टार युवा समाजले प्रतियोगिताको आयोजना गरेर खेलकुदको बिकासमा सहयोग पुगेको समारोहका प्रमुख अतिथि जिल्ला समुन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । हिन्दू नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदानका लागि प्रत