Author: Rajendra Prashad Pant

एमाले-माअाेवादी एकतापछि स्थायी समितिमा काे काे रहने ? (नामावलीसहित)

एमाले-माअाेवादी एकतापछि स्थायी समितिमा काे काे रहने ? (नामावलीसहित)

मुख्य समाचार, राजनीति
काठमाडाैं । नेकपा एमाले  र माअाेवादी केन्द्र अाजबाट एउटै कम्युनिष्ट पार्टीमा समाहित हुँदै छन् । एकीकृत पार्टीमा दुई अध्यक्ष, ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति रहने सहमति भएकाे छ । साथै एकीकृत पार्टीकाे चुनाव चिन्ह सूर्य नै रहने बताइएकाे छ । एमालेसँग माअाेवादीकाे ४५ प्रतिशत अर्थात ५५:४५ काे 'स्वाप रेसियाे' हुनेगरी भागबण्डा तय भएकाे जनाइएकाे छ । एकीकृत पार्टीकाे ४३ सदस्यीय स्थायी समितिमा एमालेका २५ तथा माओवादीका १८ सदस्य रहने छन्, जसकाे नामावली यसप्रकार छ- एमालेबाट : १) केपी शर्मा ओली, झापा २) झलनाथ खनाल, इलाम ३) माधवकुमार नेपाल, रौतहट ४) वमदेव गौतम, बर्दिया ५) सुवासचन्द्र नेंवाङ, इलाम ६) भीम रावल, अछाम ७) युवराज ज्ञावाली, दाङ ८) अष्टलक्ष्मी शाक्य, काठमाडौ ९) इश्वर पोखरेल, काठमाडौ १०) बिष्णु पौडेल, रुपन्देही ११) घनश्याम भुसाल, रुपन्देही १२) प्रदिप ज्ञा
प्रदश २ काे सभामा यसरी भयाे चर्काचर्की,  मुख्यमन्त्री राउतको बचाउमा राजपा-फाेरम

प्रदश २ काे सभामा यसरी भयाे चर्काचर्की, मुख्यमन्त्री राउतको बचाउमा राजपा-फाेरम

मुख्य समाचार, राजनीति
धनुषा । प्रदेश नं. २ काे प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ । मंगलबार बसेकाे बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले बाेलेकाे कुरालार्इ लिएर सभामा सांसदहरूबीच चर्काचर्की परेकाे हाे । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले मुख्यमन्त्रीको अभिव्यक्तिकाे खुलेर विरोध जनाए । तर मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपाका सांसदहरूले भने मुख्यमन्त्री राउतकाे बचाउ गरेका थिए । के थियाे अभिव्यक्ति ? दुर्इदिने नेपाल भ्रमणका क्रममा बैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम अाएका थिए । उनलार्इ यहाँ गरिएकाे नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको
निर्माणाधीन आकासे पुल खस्दा मृत्यु हुनेकाे संख्या १८ पुग्याे, भग्नावशेषमा मानिसहरू अझै च्यापिएका छन्

निर्माणाधीन आकासे पुल खस्दा मृत्यु हुनेकाे संख्या १८ पुग्याे, भग्नावशेषमा मानिसहरू अझै च्यापिएका छन्

मुख्य समाचार
नयाँ दिल्ली । उत्तर भारतकाे वाराणसीमा सडकमाथि निमार्णाधीन आकासे पुल (फ्लार्इ अाेभर) भत्किँदा मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ । मङ्गलबार भत्किएकाे भग्नावशेषमा फसेर कैयाैं व्यक्ति घाइते भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा रहेकाे जनाइकाे छ । याे क्षेत्र प्रधानमन्त्री नरेन्द्र माेदीकाे संसदीय क्षेत्र हाे । भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ । बस तथा कारमा यात्रा गरिरहेका मानिस हताहत भएका हुन् । घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख
error: Content is protected !!