Author: Deepak Sagar Pant

धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी

धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी

कला-साहित्य
धनगढी । धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी सम्पन्न भएको छ । लघुकथा समाज, काठमाडौं र नेपाल वाङ्मय परिषद, धनगढीका आयोजनामा गत बिहीबार भएको सो समारोहको अध्यक्षता नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्ट र प्रमुुख अतिथि लघुकथा समाजका कोषाध्यक्ष सुुमन सौरभ थिए । कार्यक्रमको सञ्चालन नेपाल वाङ्मय परिषदका कोषाध्यक्ष तिलकबहादुुर सिंह एवम् स्वागत भाषण उपाध्यक्ष मेघनाथ खनालले गरेका थिए । कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा सुुमन सौरभले नेपाली साहित्यका क्षेत्रमा लघुुकथा समाजले गरेका क्रियाकलापको बारेमा चर्चा गर्नाका साथै लघुकथा बन्न आवश्यक तत्वका बारेमा समेत चर्चा गरे । कार्यक्रममा सहभागीहरुले नेपाली लघुुकथा विषयमा आफ्ना जिज्ञासा एवम् विचार प्रस्तुुत राखेका थिए । यस गोष्ठीमा श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, जनक रसिक, पुुष्पा जोशी, डिल्लीराज जोशी, मिन बाब्ली, प्रदिप उदास, कलम चलाउ
प्रदेशसभाका सांसद लामिछानेको निधन

प्रदेशसभाका सांसद लामिछानेको निधन

विविध, समाज
काठमाडौं । प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्काघातका कारण मृत्यु भएको छ । आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे मृत घोषणा गरिएको हो। मस्तिष्काघात भएपछि उनको आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको थियो। लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए।
भारतीय प्रधानमन्त्री मोदी नेपालमा

भारतीय प्रधानमन्त्री मोदी नेपालमा

मुख्य समाचार
काठमाडौं । नेपालको दुईदिने धार्मिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए । जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । त्यसपछि मोदी जानकी मन्दिरमा पुजाका लागि पुगेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौं विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । जानकी मन्दिरबाट दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको शुभारम्भ गर्नुका साथै रामायण सर्किटको उद्घाटन पनि गरिएको थियो । त्यसपछि जनकपुरमा मोदीलाई अभिनन्दन गरिएको थियो । जनकपुरबाट काठमाडौं आइपुगेका भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । काठमाडौं
भारतीय प्रधानमन्त्री मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने

भारतीय प्रधानमन्त्री मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने

मुख्य समाचार
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने भएको छ। जनकपुरमा मात्र अभिनन्दन हुने कार्यक्रम रहेको बताइए पनि परराष्ट्र मन्त्रालयले काठमाडौंमा पनि अभिनन्दन हुने कार्यक्रम रहेको शुक्रबार सार्वजनिक गरेको छ। काठमाडौंमा पनि उनको अभिनन्दनका लागि तयारी सुरु भइसकेको छ। स्रोतका अनुसार प्रदर्शनीस्थलस्थित राष्ट्रिय सभागृहमा मोदीको अभिनन्दन हुने कार्यक्रम छ। आगामी २८ गते दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदी बौद्धस्थित हायात होटलमा बस्नेछन्। उनी पटनाबाट हेलिकप्टरमा जनकपुर हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन्।
श्रम अधिकार सुनिश्चित हुन सकोस् : राष्ट्रपति भण्डारी

श्रम अधिकार सुनिश्चित हुन सकोस् : राष्ट्रपति भण्डारी

मुख्य समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छिन्। उनले आज शुभकामना सन्देशमार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गरेकी छिन्। राष्ट्रपति भण्डारीले यस दिवसले आफ्नो अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरी विश्वभरीका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्। उनले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योग
धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न

कला-साहित्य
धनगढी । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वाङ्मय परिषदको संयुुक्त आयोजनामा धनगढीमा आख्यान एवम् बालसाहित्य गोष्ठी सम्पन्न भएको छ । यही वैशाख १४ र १५ गते स्थानीय कैलाली जनपुस्तकालयको सभाकक्षमा भएको गोष्ठीको उद्घाटन प्रमुुख अतिथि प्रदेश नम्बर सातका माननीय सभामुुख अर्जुुनबहादुुर थापाले गरेका थिए । समारोहमा प्रदेश नम्बर सातका आन्तरिक मामिला एवम् कानुनमन्त्री प्रकाशबहादुुर शाहको विशिष्ट आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् बालसाहित्य एवम् लोकवार्ता विभाग प्रमुुख नर्मदेश्वरी सत्यालको महत्वपूूर्ण उपस्थिति रहेको थियो । पहिलो दिनको कार्यक्रममा उदघाटन समारोह, कार्यपत्र प्रस्तुुत, स्रष्टा सम्मान एवम् रचना वाचनको कार्यक्रम रहेको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्टको
कांग्रेस पदाधिकारी मनोनयन बैठक २१ गतेका लागि स्थगित

कांग्रेस पदाधिकारी मनोनयन बैठक २१ गतेका लागि स्थगित

मुख्य समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पदाधिकारी मनोनयनका लागि पार्टी सभापति शेरबहादुर देउवाले बिहान ८: ३० बजे बोलाएको बैठक ११ बजे स्थगित भएको हो । अर्को बैठक २१ गते दिउँसो २ बजेका लागि बोलाइएको छ। आजको केन्द्रीय समितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने कार्यक्रम रहेको थियो।
३ सय प्रहरीको बढुवा

३ सय प्रहरीको बढुवा

मुख्य समाचार
काठमाडौ । प्रहरी प्रधान कार्यालयले आइतबार ३ सय जवनलाई हवल्दार पदमा बढुवा गरेको छ। कार्यालयले रिक्त रहेका पदमा बढुवा अघि बढाएको हो । एक साताअघिको सिफारिसमा उजुरी नपरेपछि उनीहरुको बढुवा गरि पदस्थापन गरिएको हो। गत बिहिबार मात्र करिब ५ हजार सिपाहीको एकैपटक सरुवा भएको थियो। त्यसअघि ७३ सइको बढुवा सिफारीस भएको थियो। तल्लो तहमा धमाधम बढुवा भएपनि माथिल्लो तहमा भने बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। एआईजीको दरबन्दी टुंगो नलाग्दा माथिल्ला पदमा बढुवा सुरु हुन नसकेको हो।
प्रहरी जवानले प्रहरी महानिरीक्षकलाई पत्र लेखर यसरी पोखे पीडा

प्रहरी जवानले प्रहरी महानिरीक्षकलाई पत्र लेखर यसरी पोखे पीडा

विविध, समाज
बैतडी । “श्रीमान् प्रहरी महानिरीक्षकज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ । प्रहरी कर्मचारीले पहुँचका आधारमा मात्रै फाँटमा बस्न पाउँने चलन अन्त्य गरेर सबैले समान रुपमा फाँटमा बस्न पाउँने व्यवस्था गर्न सुझाव पठाएको छु ।” बैतडी जिल्ला मेलौली नगरपालिका–२ सलेना घर भई हाल वडा प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्रबहादुर चन्दले प्रहरीभित्रको पीडा पोख्दै प्रहरी महानिरीक्षकलाई लेख्नुभएको पत्र हो यो । प्रहरी संगठन भित्रका विभिन्न फाँटहरुमा पहुँचका भरमा जागिर अवधिभर वर्षौदेखि एउटै व्यक्ति शानले जागिर खाने तर, कुनै पहुँच नभएको योग्य व्यक्ति जतिसुकै योग्य र क्षमतावान भए पनि कहिल्यै पनि फाँटमा बस्न नपाउने कुरा प्रहरी जवान चन्दले पत्रमा लेख्नु भएको छ । प्रहरीभित्रको यो पीडा प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको पालादेखि राख्दै आए पनि कुनै सुनुवाई नभएको चन्दले पत्रमा लेख्नुभए
नेपाली भाषा बचाउन अभियान

नेपाली भाषा बचाउन अभियान

विविध
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको पाठ्यक्रम निर्माणका क्रममा गरिरहेको गतिविधिप्रति नेपाली विषय बचाउ अभियानले असन्तुष्टी जनाएको छ । त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा एमफिल तहमा अध्ययनरत विद्यार्थीहरुले थालेको यस अभियानले पाठ्यक्रम विकास केन्द्रको कक्षा ११ र १२ मा नेपाली विषय ५०-५० पूर्णाङ्कको गराउने योजनाप्रति असन्तुष्टी जनाएको हो । अभियानले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय हुनुपर्ने माग गरेको छ । अभियानले यो माग सामान्य नभएर सिङ्गो नेपालाी जातिको पहिचान र राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यसप्रति वेवास्ता गरिए राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।