Author: Deepak Sagar Pant

अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

विविध
बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडकखण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए । “पहिरो लगातार खसिरहेको छ,” उनले भने, “पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।” राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।रासस
सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रधानमन्त्री

सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति प्रतिवद्ध : प्रधानमन्त्री

मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितिलाई बधाई दिंदै प्रधानमन्त्री ओलीले वर्तमान सरकार र नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएको बताउँदै लोकतन्त्रलाई खतरामा पर्न नदिने बताएका हुन् । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरे । उनले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने बताए ।
नेपाल-भारत सम्बन्ध धेरै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

नेपाल-भारत सम्बन्ध धेरै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना छिमेकीहरुसँग धेरै वर्ष पहिलेदेखि गहिरो सम्बन्ध रहिआएको बताएका छन्। उनले सम्बन्ध हजारौं वर्षदेखि ऐतिहासिक, घनिष्ट, मित्रवत् र पारिवारिक रहेको कुरा 'टाइम्स अफ इन्डिया' ले जनाएको छ । आइतबार प्रकाशित अन्तर्वार्तामा मोदीले नेपालसँगको सम्बन्ध थप बलियो बनाउँदै लगेको प्रतिक्रिया दिएका छन्। 'नेपालसँग त भगवान् राम–सीता तथा गौतम वुद्धको पालादेखिको सम्बन्ध छ', मोदीले अन्तर्वार्तामा भनेका छन्, 'हामीले सुरक्षा, व्यापार, लगानी तथा विकासमा साझेदारी गर्दै त्यसलाई झनै बलियो बनाउँदै लगेका छौं। फलस्वरुप आज त्यो सम्बन्ध फराकिलो र गहिरो भएको छ। साथै, विश्वासिलो र परिपक्व पनि भएको छ।'
हेमबाबु बने राप्रपाकाे प्रदेश प्रवक्ता

हेमबाबु बने राप्रपाकाे प्रदेश प्रवक्ता

राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य हेमबाबु लेखक नियुक्त भएका छन् । पार्टीका अध्यक्ष कमल थापाले लेखकलाई प्रवक्ता नियुक्त गरेका हुन् । अखण्ड सुदूरपश्चिम अान्दाेलनका मुख्य याेजनाकार तथा साहित्यकार लेखक राप्रपाभित्र अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनका विश्वासपात्र मानिन्छन् । ७ नम्बर प्रदेशमा लेखक थापा र लिङ्देनका नजिकका नेता मानिन्छन् । साहित्यिक क्षेत्रमा समेत महत्त्वपूर्ण याेगदान पुरयाएका लेखकले कालापानीदेखि सुस्तासम्म माटाे बचाउ अभियान चलाएका थिए । उनका अाधा दर्जन पुस्तक प्रकाशित छन् । जानकारहरुका अनुसार मिलनसार स्वभावका लेखकको सम्बन्ध अन्य पार्टीका ठूला नेताहरुसित समेत सुमधुर रहेको छ । अहिले लेखककै परिकल्पना र सक्रियतामा बैतडी सदरमुकाममा पृथ्वीनारायण शाहको सर्वाधिक ठूलो शालिक निर्माण अभियान समेत सुरु भएको छ ।
अब महिलाको पनि विवाह गर्ने उमेर २० वर्ष

अब महिलाको पनि विवाह गर्ने उमेर २० वर्ष

काठमाडौं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । सर्वोच्च अदालतले ती संहिताका कतिपय प्रावधान संविधानअनुरूप बनाउन आदेश दिएपछि कानुन मन्त्रालयले संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा लैजाने सरकारको तयारी छ । कान्तिपुरमा खबर छ । देवानी र अपराध संहितामा विवाहसम्बन्धी प्रावधान बाझिएपछि सरकारले एकरूपता कायम गर्न संशोधन प्रस्ताव पेस गर्न लागेको हो । संशोधनअनुसार अब विवाह गर्न पाउने न्यूनतम उमेर २० वर्ष हुनेछ । ‘हालसम्म महिला
तीन हजार कर्मचारी कामविहीन !

तीन हजार कर्मचारी कामविहीन !

काठमाडौं । जिल्ला पशुसेवा कार्यालय काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ दिनहुँ कार्यालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । गर्छु भने पनि अहिले उनलाई कुनै काम नै छैन । नयाँ आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका हुन् । ‘सधैँ कार्यालय पुग्छु, हाजिर गर्छु र घर फर्किन्छु,’ श्रेष्ठले भने । श्रेष्ठ मात्र होइन खारेज भएका देशभरका सरकारी कार्यालयका तीन हजारभन्दा बढी कर्मचारीले करिब एक महिनादेखि काम पाएका छैनन् । ‘अरूले देख्दा त क्या मोज छ कर्मचारीलाई भन्ने छ, तर धेरै दिन काम नहुँदा र त्यत्तिकै घर फर्कनुपर्दा हामीलाई झ्याउ नै भैसक्यो,’ डा. श्रेष्ठले भने । नयाँ पत्रिकामा खबर छ । खारेजीमा परेका विभाग तथा जिल्ला कार्यलयमा कार्यरत कर्मचारीको समायोजन समयमै हुन नसक्दा सयौँ कर्मचारीहरू कामविहीन भएक
कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

शिक्षा
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन्। त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन्। त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए।रासस
पूर्वसांसद कृष्णकुमार जोशीको निधन

पूर्वसांसद कृष्णकुमार जोशीको निधन

मुख्य समाचार, समाज
बैतडी । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको निधन भएको छ । जोशीको मंगलबार काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको हो । जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । जोशीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

प्रदेश ७ मा बजेट प्रगति ५४ प्रतिशत मात्र, ‘हेल्लाे सीएम’लार्इ नतिजामुखी बनाइने

अर्थतन्त्र, मुख्य समाचार, राजनीति
धनगढी । प्रदेश ७ काे प्रदेशस्तरीय समीक्षा बैठक मङ्गलबार सम्पन्न भएकाे छ । बैठकमा विभिन्न मन्त्रालय र निकायद्वारा आर्थिक वर्ष २०७४/७५ मा गरिएको कार्य प्रगति, देखिएका समस्या समाधानका उपाय लगायतका विषयमा समीक्षा गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेकाे बैठकले गत आवमा देखिएका संरचनागत तथा व्यवस्थापकीय चुनौतीबाट अनुभव लिई चालू आवको बजेट तथा कार्यक्रम कार्यान्वयन नीति तथा कानूनको निर्माणतर्फ प्रभावकारिता बढाउन कार्ययोजनासहित कार्यान्वयन गर्ने निर्णय गरेकाे हाे । ‘हेलो सिएम’ गुनासो व्यवस्थापन कार्यक्रमलाई प्रदेशैभरि नतिजामुखी बनाउन चालू आवमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएकाे छ । प्रदेश नं ७ को सरकारले गत अार्थिक वर्षमा कूल रु एक अर्ब दुई करोड पाँच लाख बजेट विनियोजन गरेकामा सो बजेटको पूँजीगत र चा
खाल्डाेकै कारण १६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

खाल्डाेकै कारण १६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

अन्तर्राष्ट्रिय, मुख्य समाचार
एजेन्सी । छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्- दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् । सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा प्रकाशको ज्यान गएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा प्रकाशको मृत्यु भयो । खाल्डोमा परी मोटसाइकल चिप्लिएर दुर्घटना भएको थियो । सोही घटनाबाट प्रेरित भएर बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेको बताइन्छ । दादाराओले आजीवन खाल्डा पुर्दै जाने बताएका छन् । देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहन्छन् । आफ्नो छोराले जस्तै अरु कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उनको काम
error: Content is protected !!