Author: Deepak Sagar Pant

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाइँदै

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाइँदै

विविध
काठमाडौं । सरकारले आजबाट २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । बिहीबार बिहानैबाट तत्कालीन १४ अञ्चलका यातायात व्यवस्था कार्यालयहरूले त्यस्ता सवारीसाधन सडकमा गुडे–नगुडेको जाँच गर्न अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा नियन्त्रणमा लिइएका सवारीको रुट परमिट खारेजी गर्ने सरकारी व्यवस्था रहेकाले ती सवारीमा कानुनी कारबाही अगाडि बढाइएको छ । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्षे सवारीसाधन चल्न नपाउने निर्णय गरेको थियो । उपत्यकाका ३ जिल्लामा गत वर्ष फागुनबाटै २० वर्षे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको थियो । तत्कालीन निर्णय बमोजिम २०७४ चैतबाट देशैभर सो नियम लागु गर्ने सरकारी व्यवस्था रहेकाले सोहीअनुरुप विभागले काम थालेको हो । वायु र ध्वनि प्रदूषण बढाएको साथै पुरानो बडी, चेसिस र पार्टपुर्जा भएका कारण यस्ता सवारीसाधनको यात्रा असुरक्षित हुने गरेकाले २०
उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

मुख्य समाचार
काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने निर्णय गरेको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय ३ गते तोकिएको छ। भोलि मतदाता नामावली प्रकाशन गरिने र ३ गते उम्मेदवारी दर्ता गरी ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। चैत ९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्ततर्राष्ट्रिय सम्मेलन केन्द्र भवनमा मतदान हुनेछ।
नेपालद्वारा हङकङ ५ विकेटले पराजित

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

खेलकुद
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने । त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् । हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।
‘स्वको खोजी’ सार्वजनिक

‘स्वको खोजी’ सार्वजनिक

कला-साहित्य
काठमाडौँ । साहित्यकार एकदेव अधिकारीले विभिन्न विदेशी भाषामा लेखिएका लघुुकथालाई नेपाली भाषामा अनुुवाद गरेर कृति प्रकाशन गरेका छन् । हिजो राजधानीमा एक समारोहका बीच लघुुकथा अनुुवाद कृति 'स्वको खोजी'को विमोचन सम्पन्न भयो । बि.एन. पुुस्तक संसारबाट प्रकाशित यो कृतिको विमोचन कार्यक्रमको संयोजन साहित्यकार श्रीराम राईले गरेका थिए । उक्त विमोचन समारोहमा लघुुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली लघुकथामा विद्यावारिधि गर्नुुभएका डा. पुुष्करराज भट्ट, पत्रकार एवम् लेखक यशोदा अधिकारी, कृतिका अनुुवादक एकदेव अधिकारी, लघुुकथा कुुनोका नारायण तिवारी एवम् घनश्याम डल्लाकोटीले आफ्नो शुुभकामना मन्तव्यका साथै समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई बि एन पुुस्तक संसारको तर्फबाट सूूर्य विसीले स्वागत गरेका थिए ।
विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४९ पुग्याे

विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४९ पुग्याे

मुख्य समाचार
काठमाडौं । साेमबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएकाे यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुकाे मृत्यु भएकाे बताइएकाे छ । विमानबाट ४० वटा शव निकालिएकाे छ भने उपचारका क्रममा ९ जनाकाे मृत्यु भएकाे छ । विमान दुर्घटनमा पर्ने यात्रुको अहिले पनि उद्दार कार्य जारी छ । शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ। अहिलेसम्म विमानमा कति यात्रु थिए भन्नेमा फरकफरक दाबी गरिएका छन् । नागरिक उड्डययन प्राधिकरणका अनुसार विमानमा ७६ यात्रु रहेकाे बताइएकाे छ ।
रेशम चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइयो

रेशम चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइयो

विविध
काठमाडौं । ६ दिनदेखि कैलाली जिल्ला कारागारमा आमरण अनसनमा रहेका प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ। चौधरी वीर अस्पतालको स्पेशल क्याबिनमा भर्ना भएका छन् । यसअघि उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको थियो । अञ्चल अस्पतालमा थप उपचार सम्भव नभएको र सुविधासम्पन अस्पतालमा पठाउन आवश्यक रहेको व्यहोराको पत्र अस्पताले प्रशासनमा बुझाएपछि उनी सेती अञ्चलबाट काठमाडौं रेफर भएका हुन्। गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनमा बसेका थिए। टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले विभिन्न माग राख्दै अनसन जारी राखेका हुन्।
राष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि

राष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि

मुख्य समाचार, राजनीति
काठमाडौँ । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।
‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

विज्ञान-प्रविधि
काठमाडौं । सामसुङले ग्यालेक्सी नोट–८ स्मार्टफोनको खरिदमा विभिन सुविधा उपलब्ध गराएको छ । जसअनुसार ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने र विभिन्न साझेदार बैंकबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको विज्ञप्तीमा उल्लेख छ । ग्यालेक्सी नोट–८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र टुरु डिउल क्यामेरा उच्च अकांक्षा भएका ग्राहकको लागि भएको कम्पनीको दाबी छ । यसमा भएको डिउल क्यामराको साथ अप्टिकल इमेज स्टेबलाइजेसनले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने जनाइएको छ ।
साहित्यकार इन्द्रबहादुर राईको निधन

साहित्यकार इन्द्रबहादुर राईको निधन

कला-साहित्य
काठमाडौँ । नेपाली भाषा साहित्यका अथक साधक इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ। ९० वर्षीय प्रख्यात साहित्यकार राई लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक दार्जिलिङमा बसोबास गर्थे। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए। दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्। उनको ‘आज रमिता छ’लगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।
पाकिस्तानी प्रधानमन्त्री भोलि काठमाडौं आउँदै

पाकिस्तानी प्रधानमन्त्री भोलि काठमाडौं आउँदै

अन्तर्राष्ट्रिय, विविध
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि राजधानी आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।