Author: Deepak Sagar Pant

कैलालीका बालबालिका समेत निर्मला बलात्कार/हत्या प्रकरणमा आन्दोलनमा उत्रिए

कैलालीका बालबालिका समेत निर्मला बलात्कार/हत्या प्रकरणमा आन्दोलनमा उत्रिए

समाज
धनगढी । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन पुगिसक्दा पनि सरकारले अपराधी पत्ता लगाउन सकेको छैन। निर्मला हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रदर्शन भइरहँदा कैलालीका बालबालिकासमेत आन्दोलित बनेका छन्। हत्यामा संलग्नलाई कारबाहीको साटो सरकार अपराधी बचाउमा लागिरहेको भन्दै दोषीलाई कारबाहीको मागसहित लम्कीचुहा नगरपालिका अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पूर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करिब डेढ घन्टा चक्काजामसहित कोणसभा गरेका छन्। उनीहरुलाई बालबालिकाले पनि साथ दिए। विभिन्न विद्यालयबाट स्वस्फुर्त रुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थीहरु सरकारको यस्तो कदमले आफूहरु सशंकित मात्र नभई ढुक्कसँग हिँडडुल गर्नसमेत असहज भइरहेको भन्दै आक्रोशित भएका छन्। सरकारको पछिल्लो कदम र जिम्मेवार व्यक्तिबाट आइरहेका अभिव्यक्तिले निर्मला प
पत्रिका जलाएकोप्रति राप्रपाकाे विरोध

पत्रिका जलाएकोप्रति राप्रपाकाे विरोध

समाज
बैतडी । कैलालीको अत्तरियामा नागरिक र कान्तिपुर दैनिक पत्रिका जलाएकोमा राप्रपा सुदूरपश्चिमले प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ । जनतालाई सूचना प्रवाह गर्दै अाएका देशका दुई प्रतिष्ठित पत्रिका जलाउनु निन्दनीय र घृणित कार्य भएको जनाउदै विज्ञप्तिमा दाेषीलाई कार्वाहीकाे माग समेत गरिएको छ । राप्रपाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम समितिका प्रवक्ता हेमबाबु लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- 'अान्दोलनका नाममा जनतालाई सूचना प्रवाह गरिरहेका स्वतन्त्र प्रेसका संवाहकका रुपमा स्थापित पत्रपत्रिका जलाउने कार्यबाट अान्दोलनकारीहरुले आफ्नो गैर प्रजातान्त्रिक र हिंस्रक चरित्र देखाएको हाम्रो ठहर छ ।' नेता लेखकद्वारा जारी विज्ञप्तिमा, प्रजातन्त्रमा विरोध जनाउने अन्य उत्कृष्ट एवं तमाम बाटाहरु भएको उल्लेख गर्दै यसप्रकारका निकृष्ट तथा उद्दण्ड कार्यले समाजलाई नकारात्मक साेच र नकारात्मक दिशावाेध गर्ने
माघमा रिलिज हुँदै ‘प्रेमलीला’

माघमा रिलिज हुँदै ‘प्रेमलीला’

मनोरञ्जन
काठमाडौँ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलीला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो । योसँगै फिल्म प्रदर्शनको मिति पनि सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ । फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।
मनपरी भाडा लिनेलार्इ ५ हजार जरिवाना

मनपरी भाडा लिनेलार्इ ५ हजार जरिवाना

समाज
काठमाडौँ । दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान बुधबारदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले बुधबारदेखि आफैँ अनुगमनमा निस्किएको उनले सुनाए । विभागको नेतृत्वमा आज नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्क लगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ गतेदेखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए । बुकिङ शुरु गरेको बिहीबारदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आएका रामबहादुर थापाले बताए । केह
प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्री पोखरेल

प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्री पोखरेल

मुख्य समाचार, राजनीति
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्नेछन् भने महासभा मंगलबारदेखि सुरु हुँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् । राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

दसैँको साइत सार्वजनिक, जमरा कुन समयमा राख्ने ?

मुख्य समाचार, समाज
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ। असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए। असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ। यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ। त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ। १० बजेर २ मिनेटमा भवानीलाईस्थिर आसनमा राखिन्छ। असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दसैँको टीका परेको छ। विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन
दसैंको मुखैमा गाडी भाडा बढ्यो !

दसैंको मुखैमा गाडी भाडा बढ्यो !

काठमाडौं । गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुनै पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैंको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो । भाडा बृद्धि आईतबारबाटै लागू गर्ने निर्णय भएको विभागले जनाएको छ । गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।आइतबारबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने । नयाँ पत्रिकामा खबर छ ।
सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइयो

समाज
बैतडी । असोज संक्रान्तिका दिन सुुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइयो । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । महिनादिन अघि एउटा झांगिएको बुटा/रुख काटेर गाड्ने र आजका दिन त्यसलाई साँझपख जलाउने चलन छ पहाडी जिल्लाहरुमा । र, यसलाई भनिन्छ बुढी पोल्ने । यो पर्वको वास्तविकता ठ्याक्कै के हो भन्ने देखिन्न । तर कतिपयले यसलाई कृष्ण र पुतनासँग जोडेको पाइन्छ । जलिरहेको सुकेको रुखमा काँक्रो चपाएर फाल्दै ‘थुई बुढी थुई’ भन्ने चलन कहिलेदेखि चल्यो भन्न सकिन्न । तर कतिपय लेखनमा भने असोज सङ्क्रान्तिका दिन राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ । कृष्ण चरित्र र अन्य हिन्दु साहित्यमा पुतना भन्ने राक्षसीले कंस राजाको आदेश अनुसार सबै बच्चालाई मार्दै आएको अवस्थामा
चित्रकला प्रतियोगितामा संस्कृतिका गोपेश बाहेती प्रथम

चित्रकला प्रतियोगितामा संस्कृतिका गोपेश बाहेती प्रथम

कला-साहित्य
काठमाडौँ । राजधानीमा 'काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन' सम्पन्न भएको छ । उपत्यकाभित्रका ५३ वटा विद्यालयको सहभागिता रहेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति इन्टरनेसनल स्कुलका कक्षा ९ का छात्र गोपेश बाहेती प्रथम भएका छन् । त्यसै गरी दोस्रो स्थान ब्राइट होराइजन स्कुलका छात्र रविना थापा र तेश्रो स्थान हिलटाउन इन्टरनेसनल स्कुलका छात्र रोशन महर्जनले हात पारेका छन् । यस प्रतियोगिताको टप १० विजेतामध्ये संस्कृति इन्टरनेसनल स्कुलका ६ जना सहभागीले मुख्य स्थान हात पार्न सफल भएको छन् । प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीको एउटा समूह र कक्षा ८, ९ र १० को अर्को समूह निर्माण गरी प्रतियोगिताको आयोजना गरिएको थियो । पुष्पसदन आल्मुनियम एसोसिएसनले आयोजना गरेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति स्कुलबाट सहभागी अन्य टप १० मा पर्न सफल विद्यार्थीमा सिद्धी बाहेती, आयुश नकर्मी, ऋतिका भ
सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ : प्रधानमन्त्री केपी अोली

सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ : प्रधानमन्त्री केपी अोली

मुख्य समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उनले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताए । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयका सम्बन्धमा उठेका विभिन्न गुनासाका सम्बन्धमा छानबिन गर्न दुई समिति गठन गरेका छन् । विश्वविद्यालयमा समायोजन भएका आङ्गिक क्याम्पसको अवस्था बुझ्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको नेतृत्वमा र आर्थिक विषयमा उठेका गुनासाका विषयमा छानबिन गर्न अर्थ मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो । दुवै समितिलाई १५ दिनभित्