Author: Ghanshyam Sagar

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

अन्तर्वार्ता-विचार
एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुने बताएका छन् । त्यसरी गठन हुने राष्ट्रिय सरकारमा नेपाली कांग्रेसका साथै आन्दोलनरत मधेसकेन्द्रित दलहरुको समेत सहभागिता रहने प्रचण्डले अनलाइनखबरलाई बताए । सरकार ढाल्नमा प्रचण्ड लागिदिए हुन्थ्यो भन्ने केही अमूक नेताहरुको ईच्छा रहेको प्रचण्डले बताए । एमाओवादीसमेतको सहभागितामा बनेको ओली सरकार ९९ दिन पूरा गरेर १०० दिनमा प्रवेश गर्दैछ । राजनीतिमा लाग्नुअघि शिक्षण पेशाको अनुभवसमेत संगालेका प्रचण्डलाई यस अवसरमा हामीले सोध्यौं -‘तपाई त पूर्वशिक्षकसमेत हुनुहुन्छ, सरकारको सय दिनलाई १०० पूर्णाङ्क मानेर ओली सरकारलाई नम्बर दिनुपर्‍यो भने कति दिनुहुन्छ ?’ जवाफमा प्रचण्डले भने- ‘त्यसरी नम्बर दिने ढंगले त मैले सोचेको छैन, शनिबार बिहान ब
काँग्रेसमा क्रियाशील सदस्यता नाम सच्याउन निवेदनका चाङ

काँग्रेसमा क्रियाशील सदस्यता नाम सच्याउन निवेदनका चाङ

विविध
काठमाडौं: नेपाली काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आउन १० दिनमात्र बाँकी रहँदा केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सम्बन्धमा निवेदनको चाङ लागेको छ ।    पार्टीले पहिलोपटक यही माघ ३ गते आफ्नो वेबसाइटमा मुुलुकभरका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेसँगै पार्टी केन्द्रीय कार्यालयमा दुई दिनमा नाम छुटेका, गल्ती भएका, ठेगाना फरक परेका सम्बन्धमा सच्याउन माग गर्दै करिब २०० निवेदन परेका छन् ।    नाम सार्वजनिक गरेसँगै नयाँ नगरपालिकामा वडा परिवर्तन भएर आएका, केही जिल्लाका नाम छुट भएका र कतिपय जिल्लामा नाममा गल्ती देखिएकाले सच्याउन २०० को हाराहारीमा निवेदन परेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए ।    “केही जिल्लामा प्रक्रियाअनुसार आएका नामावलीमा पनि टाइप गर्ने क्रममा मानवीय कमजोरीले गल्ती भएका छन्” सचिव पराजुलीले भने। कतिपय निवेदन भने क्रियाशील सदस्यता लिएको १० वर्षे
मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले वितरण गरे न्यानोका कपडा

मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले वितरण गरे न्यानोका कपडा

मनोरञ्जन
गरिबीका कारण बिहान-बेलुकीको खाना के खाने भन्ने अवस्थामा रहेका मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले २-२ वटा सिरक र डस्ना वितरण गरेका छन् । अमेरिकामा बस्दै आएका नगेन्द्र ढकालले यी दुई कलाकारलाई सम्पर्क गरेका थिए । यसपछि, नेपाली कम्यूनिटी सेन्टर ओल्र्याण्डो र यूनाइटेड फ्लोरिडयाको सहयोगमा प्राप्त साढे ५ लाखबाट यो राहत वितरण गरिएको हो । यी दुई कलाकारले सरकार र सरोकारवालाको समेत आँखा खोलेपछि अहिले मुसहर बस्तीमा पुगेर सहयोग गर्नेहरु पनि बढेका छन् । उनीहरुले ५५ परिवारलाई एक-एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री पनि वितरण गरेका छन् । यस्तै, मुसहर वस्तीमा सबैभन्दा बढी अध्ययन गरिरहेका मञ्जे सदालाई ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ मार्फत प्रोत्साहन स्वरुप नगद ५ हजार पनि प्रदान गरिएको छ । विद्यालय नजिक रहेर पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि ह
स्पेनमा अनलाइनखबरकर्मी रानाभाट सम्मानित

स्पेनमा अनलाइनखबरकर्मी रानाभाट सम्मानित

मुख्य समाचार
बार्सिलोना । अनलाइनखबरकर्मी बसन्त रानाभाटलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बिशेष सम्मान गरेको छ । स्पेनका गतिबिधिहरु, समस्या लगायत कार्यक्रमहरुलाई देश विदेशसम्म समाचारको माध्यमद्वारा पुर्याएको भन्दै पत्रकार रानाभाटलाई सम्मान गरेको हो । बिगत दुई बर्ष देखि अनलाईनखबर डटकमसँग आबद्द रहेका पत्रकार रानाभाटलाई अनलाईनखबरले युरोप संयोजकको जिम्मेबारी दिएको भन्दै सहभागीहरुले बधाई तथा शुभकामाना समेत ब्यक्त गरे । पत्रकार रानाभाटलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी, निर्बतमान सदस्य दीपक खरेल, राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ, युबा फोरम संयोजक दीपक क्षेत्री लगायत खादा ओढाएर सम्मान गरेका थिए। एनआरएनए स्पेनले आफुलाई सम्मान ब्यक्त गर्दै, थप हौसला र प्रेरेणा प्रदान गरेको भन्दै पत्रकार रानाभाटले स्पेनको नेपाली समुदाय प्रति आ
माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

माल्दिभ्सविरुद्ध नेपालले कुनै पनि सर्तमा जित्नुपर्छः महर्जन

खेलकुद
४ माघ, काठमाडौं । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने बताएका छन् । बङबन्धु कपको सेमिफाइनलमा नेपालले भोलि मंगलबार माल्दिभ्सको सामना गर्नेछ । समूह चरणको तीन वटै खेलमा हार नव्यहोरेको नेपालले गोल भने एक मात्र गरेको छ । श्रीलंकालाई १-० ले पराजित गरेको नेपालले मलेसियाको फेल्डा युनाइटेड र बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । मंगलबारको खेल अघि प्रशिक्षक महर्जनले सेमिफाइनलमा नेपालले आफ्नो खेल सुधार गर्नु पर्ने बताए । उनले भने-हामीले एक गोल मात्र गरेका छौं र हाम्रो फ्रन्ट लाइन सुधार गर्न जरुरी छ ।’ तर, नेपालले माल्दिभ्सविरुद्धको खेल कुनै सर्तमा जित्नु पर्ने उनले बताए । बराबरी पर्याप्त नहुने उनले बताए । ममाल्दिभ्सको टीममा टेक्निकल्ली राम्रो खेलाडीहरु रहेको भन्दै उनले ५०-५० को अवस्था रहेको बताए ।  पछिल्लो समय आफ्नो खेलमा सुधार गरेको भन्दै रि
षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरियोस्

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरियोस्

अन्तर्वार्ता-विचार
भोजपुरको दिङ्लामा जन्मिएका बाला गुरु षडानन्दले तत्कालीन जहाँनिया राणा शासनको जनविरोधी निर्णयलाई चुनौती दिँदै जनस्तरबाट नेपालमा नैं पहिलो विद्यालय खोलेर पठन-पाठन सञ्चालन गरेका थिए । त्यस समयमा जनताका छोराछोरीलाई पढ्नका लागि पूर्णरुपमा बन्देज लगाइएको थियो । शासक वर्गको नीति नै जनतालाई अशिक्षित बनाएर सहजै आफ्नो अभिष्ट पूरा गर्ने थियो । जनतालाई पढ्का लागि नै प्रतिवन्ध लगाइएको बेला विद्यालय खोल्नु भनेको त अत्यन्तै चुनौतीपूर्ण कार्य थियो । राणा शासनको बेला पढ्नु र विद्यालय खोल्नु भनेको मृत्युसँग संघर्ष गर्नु सरह थियो उतीबेला । त्यहीं समयमा षडानन्दले आफूलाई बलिमा चढाएर कठोर निर्णय लिंदै संस्कृत पाठशाला स्थापना गरेर जनताको अधिकारका लागि जीवन आहुति दिनका तयार भएको सन्देश शासक वर्गमाझ दिए । बाला गुरुले भोजपुरको दिङ्लाबाट नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेर जनतालाई अधिकार लडेर लिनुपर्
क्रिस गेलले बनाए १२ बलमा ५० रन

क्रिस गेलले बनाए १२ बलमा ५० रन

खेलकुद
४ माघ, काठमाडौं । क्रिस गेलले युवराज सिंहको फस्टेस्ट ५० को रेकर्ड बराबरी गरेका छन् । बिग ब्यास लिगमा एडिलेड स्ट्रकर्सविरुद्धको खेलमा मेलबर्न रेन्जर्सबाट खेलेका गेलले १२ बलमा ५० रन बनाएका हुन् । भारतका युवराज सिंहले १९ सेप्टम्बर २००७ इंग्ल्याण्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड बनाएका थिए । गेलले पहिलो ओभरमा ग्रेग वेष्टको बलमा चार छक्का हानेका थिए भने तेस्रो ओभरमा उनले बेल लोफनिललाई दुई छक्का र दुई चौका हाने । चौथो ओभरको पहिलो बलमा छक्का हान्दै उनले युवराज सिंहको फास्टेस्ट ५० को रेकर्ड बराबरी गरे । गेल १७ बलमा ५६ रन बनाएर आउट भए ।
एनआरएनएका बिभिन्न कार्यदल तथा समितिको नेतृत्वमा मनोनयन प्रस्ताव

एनआरएनएका बिभिन्न कार्यदल तथा समितिको नेतृत्वमा मनोनयन प्रस्ताव

मुख्य समाचार
काठमाण्डौ । गैरआवासीय नेपाली संघको पदाधिकारी वैठकले गैरआवासीय नेपाली संघका बिभिन्न कार्यदल, समिति तथा उपसमितिहरुमा मनोयनको प्रस्ताव तयार पारेको छ । गत आइतबार बसेको वैठकले आईसीसीको ५२ औं वैठकमा पेश गर्नका लागि सो प्रस्ताव तयार पारेको प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् । थापाका बिभिन्न कार्यदल तथा समितिमा गरिएको यो प्रस्तावलाई आईसीसी वैठकले निर्णय गरेपछि मात्र औपचारिकता पाउने छ । जसअनुसार अध्यक्ष शेष घलेले संस्थाको भवन निर्माण तथा भूकम्पपछि पुनःनिर्माण कार्यदललको जिम्मेवार लिएका छन् । सवैभन्दा चुनौतीपूर्ण मानिएका यी दुई कार्यदलको नेतृत्व आफै लिएर आगामी दुई बर्षभित्र दुवै काम फत्ते गर्ने लक्ष्य उनले लिएका छन् । यी दुवै कार्यदलमा सचिवालयका सवै सदस्यहरु सदस्यका रुपमा रहनेछन् । यसैगरी अध्यक्ष घले बैदेशिक रोजगार कल्याण कोषसम्बन्धी कार्यदलको पनि नेतृत्व लिनेछन् । अध्यक्ष घलेले आगामी १० कर
बिहेमा दाइजो एक रूपैयाँ !

बिहेमा दाइजो एक रूपैयाँ !

चित्र-विचित्र
हाम्रो छिमेकी देश भारत दाइजो प्रथाका लागि कुख्यात नै छ भन्दा फरक नपर्ला । भारतको यस्तो कुप्रथाको प्रभाव हाम्रो दक्षिणी क्षेत्रमा पनि पर्ने गरेको छ र त्यहाँ दाइजोजन्य विभिन्न हिंसा महिलाहरुमाथि हुने गरेका छन् । भारतीय समाजको दाइजो प्रथालाई चुनौति दिँदै भारतमा एक जोडी युवा युवतीले एक रुपैयाँ दाइजो सहित लगन गाँठो कँसेका छन् । भारतको हरियाणास्थित इस्माइलावादमा एक युवतीले दाइजो दिएर आफ्नो विवाह गराउने कुराको विरोध मात्र गरिनन् आफ्नो बिहेका सम्बन्धमा आफ्नै बाउआमाको कुरा समेत मानिन् र केवल कन्यादानमा दाइजो स्वरुप एक रुपैयाँ आफ्नो बिहे सम्पन्न गरिन् । स्थानीय दानीपुर गाउँ निवासी जसविन्द्र लोहचव लामो समयदेखि आफ्नो छोरी मोनिकाको बिहेको लागि उपयुक्त वरको खोजीमा थिए । एक ठाउँ उनले बिहेको टुंगो पनि गरे जहाँबाट प्रसस्तै दाइजो मागिएको थियो । तर स्नातक उत्तीर्ण मोनिकाले दाइजो दिएर आफ्नो बिहे गर्ने क
निजी मोटरसाइकलले ३ दिन लट अनुसार पेट्रोल पाउने

निजी मोटरसाइकलले ३ दिन लट अनुसार पेट्रोल पाउने

मुख्य समाचार
४ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बुधबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ । सोमबार वाणिज्य मन्त्रालयमा भएको बैठकले लटका आधारमा बुधबारदेखि तीन दिन मोटरसाइकललाई पेट्रोल दिने निर्णय गरेको हो । निगमले यो पटक पनि दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ । ६ गते बुधबार १ देखि ३० लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने ८ गते शुक्रबार ३० देखि ५० लटका मोटराइकलको पालो आउने थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरले सीधारेखालाई जानकारी दिए । ११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ ।  मोटरसाइकललाई पाँच लिटरका दरले तेल दिइनेछ । निगमले यो पटक पनि विहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्‍याइने प्रमुख घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरु सिल गरिनेछ । तेल लिन नवीक