Author: Ghanshyam Sagar

नेपाली सेनाद्वारा विद्यालयमा शौचालय निर्माण सुरु

नेपाली सेनाद्वारा विद्यालयमा शौचालय निर्माण सुरु

मुख्य समाचार
बिनोद सिंह बिष्ट बैतडी, फागुन १९, नेपाली सेनाद्वारा बैतडीको गुरुखोलामा रहेको मणिलेक उच्च माध्यमिक विद्यालयमा बालबालीका, अपाङ्ग र महिलामैत्री शौचालय निर्माण सुरु गरेको छ । बैतडीमा रहेको नेपाली सेनाको रणशुर गुल्मले निर्माण गर्न लागेको शौचालयको आज प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले शिलन्यास गर्नुभएको छ । जिल्लालाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न र विद्यार्थीहरुलाई सजिलो होस भन्ने उद्देश्यले निर्माण गर्न लागिएको रणशुर गुल्म बैतडीका गुल्मपती सेनानी रण बहादुर खड्काले बताउनुभयो । बालबालीका, अपाङ्ग र महिलामैत्री बन्न लागेको उक्त शौचालय भवनमा १० वटा कम्पाउण्ड अर्थात शौच गर्ने कोठा रहनेछन गुल्मपति सेनानी खड्काले भन्नुभयो “जिल्लामै पहिलोपटक नेपाली सेनाले शौचालय निर्माण गरेको हो”। उक्त शौचालयको अनुमानित लागत ८ लाख भन्दा बढी रहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ लाख जिल्ला विका
डडेल्धुराको चुरे क्षेत्रमा सालको काठ चिरान गरेर निकासी गरीदैँ

डडेल्धुराको चुरे क्षेत्रमा सालको काठ चिरान गरेर निकासी गरीदैँ

मुख्य समाचार
धुर्ब बिष्ट फाल्गुन १९, डडेल्धुरा जिल्लाको चुरे क्षेत्रमा सालको काठ चिरान गरेर निकासी गरीने भएको छ । कार्य योजना भन्दा बढी काठ काटिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरे पछि सुनसान रहेको चुरेमा काठ निकासी गरिन लागिएको हो । अख्तियार दुरुपयोग अनुसन्धानको निर्देशनमा नेपाल सरकारले चुरे क्षेत्रमा सडक निर्माणमा रोक लगाए पछि उक्त क्षेत्रमा काटिएको झण्डै १० हजार सालको गोलियालाई चिरान गरेर निकासी गरीन लागिएको जिल्ला बन कार्यालय डडेल्धुराले जनाएको छ । सडकको पहुँच बाट टाढा रहेको चुरे क्षेत्रका १ दर्जन सामुदायिक बनमा काटिएका सालका गोलियालाई चिरान गरेर निकासी गर्ने तयारी भईरहेको जिल्ला बन कार्यालय डडेल्धुराका रेन्जर प्रकाश जोशीले जानकारी दिनुभएको छ । काठको बिक्रिका लागि जिम्मेवारी पाएका ठेकेदारहरुले नेपाल सरकारलाई राजस्व समेत बुझाई सकेका छन् । काठ निकासीका लागि पाएको अनुमति भन्दा
जिल्लामा आपूर्ति भैरहेको डिजेलको थप तेव्वर परिमाण माग

जिल्लामा आपूर्ति भैरहेको डिजेलको थप तेव्वर परिमाण माग

मुख्य समाचार
लक्ष्मी बिजले बैतडी, फाल्गुन १७, बैतडीमा पेट्रोलियम पदार्थको अभावका कायमै रहेका वेला विकास निर्माणका कार्यहरुलाई लक्ष्यित गर्दै जिल्लामा आपूर्ति भैरहेको डिजेलको परिमाणको कम्तिमा तेव्वर परिमाण थप डिजेल माग गर्ने निर्णय भएको छ । बैतडीमा आज सम्पन्न जिल्ला आपूर्ति समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा संचालन गर्नुपर्ने सडक निर्माण, भवन निर्माण लगायतका कार्यलाई संचालनमा ल्याउनका लागि जिल्लामा आउने डिजेलको तेव्वर परिमाण साथै ६ हजार लिटर पेट्रोल नियमित रुपमा उप्लब्ध गराउन नेपाल आयल निगमलाई क्षेत्रीय कार्यालय धनगढिलाई अनुरोध गर्ने निर्णय भएको हो । यस्तै ठुलो संख्यामा रहेका आयोजनाहरु संचालनको सुरुवातमा ढिलाई नहोस तथा सार्वजनिक निर्माण मार्फत पूंजिगत खर्च समयमै गराउन सकियोस भन्ने यदेश्यले जिल्लामा आपूर्ति हुने डिजेलको ३० प्रतिशत निर्माण व्यवसायि संघलाई उप्लब्ध गराउने निर्णय समेत भएको छ ।
अन्तराष्ट्रिय महिला दिवस बैतडीमा पनि मनाईने

अन्तराष्ट्रिय महिला दिवस बैतडीमा पनि मनाईने

मुख्य समाचार
लक्ष्मी बिजले बैतडी, फाल्गुन १७, यहि फाल्गुन २५ गते १०६ औं अन्तराष्ट्रिय महिला दिवस बैतडीमा पनि विविध कार्यक्रमका साथ मनाईने भएको छ । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीकोे आयोजनामा जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रम आज यस्तो जानकारी गराईएको हो । दिवसको अवसरमा महिला हिंसा न्यूनीकरणका लागि जनचेतना जगाउने उद्देश्यले उमावि स्तरिय हाजिरिजवाफ प्रतियोगीता, देउडा प्रतियोगीता, अन्र्तक्रिया, रेडियो सम्वाद लगायतका कार्यक्रम हुने कार्यक्रममा वताइएको थियो । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जिल्लाको पूचौंडी क्षेत्रमा पर्ने हाट गाविसमा देउडा प्रतियोगीता सहित अन्तरक्रिया कार्यक्रम हुने महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता वुढाऐरले वताउनुभयो । हरेक औपचारीक कार्यक्रममा तथा दिवसहरु सदरमुकाम केन्द्रित भएको भन्दै यसपाली गाउंमा कार्यक्रम गर्न लागिएको उहांले वताउनुभयो । यस्तै दिवसको
खोड्पे वजार अनुगमन

खोड्पे वजार अनुगमन

मुख्य समाचार
लक्ष्मी बिजले बैतडी, फाल्गुन १७, जिल्ला प्रशासन कार्यालय बैतडीले वजार अनुगमन गरेको छ । बैतडीको खोड्पे वजारको आज अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुवंरको नेतृत्वमा गएको एक टोलीले खोड्पे वजारमा रहेको विभिन्न १७ पसलमा छड्के अनुगमन गरेको हो । ४ होटेल, दुई मदिरा पसल, एक रेडिमेड कपडा पसल, मेडिकल २, खुद्रा पसल ७, श्रीङ्गार पसल १ गरि १७ पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नासु दत्तराम वडुले वताउनुभयो । अनुगमनका क्रममा म्याद नाघेको तथा अखाद्य वस्तु केहि पनि फेला नपरेको उहांले वताउनुभयो । अनुगमनमा जिल्ला स्वाथ्य कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रमम मुल्य सूचि देखिने गरि राख्न र म्याद नघेको वस्तु नवेच्न सहायक प्रमुखजिल अधिकारी कुवंरले निर्देशन दिनुभयो । यस्तो भेटिएमा कडा कार्वाही गरिने चेतावन
डडेलधुराका दिलबहादुरलाई आइपीएल खेल्ने मौका!

डडेलधुराका दिलबहादुरलाई आइपीएल खेल्ने मौका!

खेलकुद
डडेल्धुरा आलितालका क्रिकेट खेलाडी दिलबहादुर बोहरा इण्डियन प्रिमियर लिग (आइपीएल) खेल खेल्न पाउने भएका छन्। भारतको पञ्जाब क्रिकेट संघले उनलाई अन्तिम छनोटको लागि बोलाएको छ । छनोटको दुई चरण पार गरिसकेका बोहराको अब अन्तिम छनोट मात्र बाँकी छ । आगामी मार्च ४ देखि १३ तारेखसम्म मोहालीमा हुने अन्तिम क्याम्पमा सफलता हासिल गर्न सके खेलाडी बोहरा किङ्ग्स इलेवेन पञ्जाबबाट आइपीएल खेल्न पाउनेछन् । सो टीमले बोहरालाई वार्षिक २५ लाख रूपैयामा अनुबन्ध गर्ने स्रोतले बताएको छ । ‘यदि बोहोरा अन्तिम क्याम्पबाट पनि छानिए भने उनलाई किंग्स इलेभेनले वार्षिक २५ लाख रूपैयाँमा अनुबन्धन गर्ने पक्का छ,’ स्रोतले भन्यो । उनलाई पञ्जाब क्रिकेट एसोशिएसनले एक पत्र पठाएर शुभकामना समेत दिदैं आइपीएलमा सहभागिताका लागि अन्तिम् छनोटसम्म पुग्ने पहिलो नेपाली क्रिकेट खेलाडी रहेको जनाएको छ। पहिलो चरणको छनोटमा बोहराले ४२ बलमा ८४ रन
बैतडीमा फोटो सहितको मतदाता नामावली संकलन कार्य बिहीवारदेखि

बैतडीमा फोटो सहितको मतदाता नामावली संकलन कार्य बिहीवारदेखि

मुख्य समाचार
बिनोद सिंह बिष्ट बैतडी, १७ फागुन, जिल्ला निर्वाचन कार्यालय बैतडीले फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यक्रम २०७२ फाल्गुन २० गते बिहीवारदेखि सुरु गर्ने भएको छ । यस अघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटी देखिएका, विदेशमा बसोवास गरिरहेका, बसाईसराई, मृत्यु, आदी कारणले अद्यावधिक गर्नु पर्ने र नया नागरिकता लिएका मानिसहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालय बैतडीका जिल्ला निर्वाचन अधिकारी बिर बहादुर शाहीले बताउनुभयो । जिल्लाका विभिन्न तिन स्थानवाट मतदाता नामावली संकलन तथा दर्ता कार्य गरिनेछ उहाले भन्नुभयो “बिहीवार ग्वाल्लेक, हटैराज र बासुलिङ्ग गाविसमा कार्यक्रम सुरु हुने छ” । चैत्र २० गतेसम्म सञ्चालन हुने कार्यक्रम प्रत्येक दर्ता केन्द्रमा २ दिनसम्म मतदाता नामावली संकलन तथा दर्ता कार्य गरिने निर्
राष्ट्रपतिबाट संविधानको पहिलो संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट संविधानको पहिलो संशोधन विधेयक प्रमाणीकरण

मुख्य समाचार
काठमाडौं, फागुन १६ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२ प्रमाणीकरण गर्नुभएको छ । व्यवस्थापिका–संसदले यो विधेयक माघ ९ गते पारित गरेको थियो । पारित विधेयकलाई सभामुख ओनसरी घर्तीमगरले प्रमाणित गर्नुभएको थियो । प्रमाणित विधेयकलाई प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाएको थियो । मधेस आन्दोलनलाई सम्बोधन गर्ने क्रममा प्रमुख तीन दलहरुबीच भएको सहमतिअनुसार सुशील कोइराला नेतृत्वको सरकारले संविधान संशोधनका लागि संसद्मा विधेयक दर्ता गराएको थियो । विधेयकमाथि संसदमा लामो समयसम्म सैद्धान्तिक र दफावार छलफल भएपछि विधेयक पारित भएको थियो । नेपालको संविधानलाई संशोधन गर्न हालै बनेको विधेयकले संविधानका तीनवटा धारालाई संशोधन गरेको छ । संविधानको धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत समावेशी सिद्धान्तको आधारमा भन्ने स्थानमा समानुपातिक समावेशी हुने व्यवस्थ
पत्रकार र कर्मचारीबीच मैत्रीपुर्ण भलिबल

पत्रकार र कर्मचारीबीच मैत्रीपुर्ण भलिबल

खेलकुद
लोकेश साउद बैतडी, १५ फागुन । फ्रेबुबरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइरहँदा आयोडिनको प्रवद्र्धनका लागि कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण भलिबलको आयोजना गरिएको छ । स्थानीय जनसरोकार पोष्ट दैनिकले आयोजना गरेको प्रतियोगिताको अर्थराज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कर्मचारी समुहको कप्तानी गर्नुभएको थियो भने पत्रकार महासंघ, बैतडीका अध्यक्ष नरेन्द्र भट्टले पत्रकार समुहको कप्तानी गर्नुभएको थियो । दुई समुहबीच भएको मैत्रीपूर्ण भलिबलमा नीजामती कर्मचारी समुहले जीत हाँसिल गरेको छ । प्रतियोगितामा खेलाइएका तीन खेलमा दुई खेल जित्दै कर्मचारी समुहले प्रतियोगिता जितेको हो । खेल समापनको अवसरमा प्रजिअ अधिकारीले आयोडिनका लागि सधै दुई बालवालिकाको चिन्ह अंकित आयोडिन युतm प्याकेटको नुनकोमात्र प्रयोग गर्नु पर्ने धारण राख्नुभयो । आयोडिन मानव शरि
विकासका लागि बजेट अभाव नहुनेः मन्त्री भण्डारी

विकासका लागि बजेट अभाव नहुनेः मन्त्री भण्डारी

मुख्य समाचार
बैतडीको बजेट तीन खर्ब ३५ करोड लोकेश साउद बैतडी, १५ फागुन । बैतडीको नवौं जिल्ला परिषदको उद्घाटन गर्दै अर्थ राज्य मन्त्री दामोदर भण्डारीले बजेट अभावमा ठूला योजनाहरुको काम प्रभावित हुन नदिने बताउनुभएको छ । जिल्लाका सबै गाबिसहरुलाई सडक संजालसँग जोड्न तीन वटा सडक प्राथमिकतामा रहेको बताउँदै बहुबर्षिय योजना अन्तरगत ति सडकहरुको काम सुरु हुन लागेको भण्डारीले बताउनुभयो । पाटन–पंचेश्वर स श्रीभावर–हाँट र सिल्लेगडा–डिलाशैनी–रुद्रेश्वर सडकको निर्माणका लागि दसौ करोड बजेट बिनियोजन गरिने तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । त्यस्तै च्वागढ क्षेत्रका लागि गाँजरी–ढुंगाड सडकको निर्माण अघि बढाइने बताउँदै भण्डारीले पर्यटन विकासको लागि मेलौली र पात्ताल भुमेश्वरको गुरुयोजना निर्माण हुन लागेको बताउनुभयो । त्यस्तै जिल्लाका राजनीतिक दलहरुले पूर्वाधार विकासका लागि आर्थिक प्रस्ताव ल्याएमा अर्थमन्त्रलायबाट बजे