Author: Ghanshyam Sagar

स्वास्थ्य मुल्यांकनमा सुदूरका ५ जिल्ला उत्कृष्ट दशमा

स्वास्थ्य मुल्यांकनमा सुदूरका ५ जिल्ला उत्कृष्ट दशमा

स्वास्थ्य
बिरा गडाल बैतडी, चैत ४  स्वास्थ्य मन्त्रालयले हरेक वर्ष गर्ने कार्य सम्पादन मुल्याङ्कनका आधारमा देशभरका ७५ जिल्लामध्ये प्रदेश नम्वर ७ का पाँच जिल्ला उत्कृष्ट दशमा परेका छन । स्वास्थ्य मन्त्रालयले आर्थिक बर्ष २०७१÷०७२ मा कार्य सम्पादनका आधारमा गरेको स्वास्थ्य मुल्यांकनमा अछाम, बैतडी, कञ्चनपुर, डोटी र बझाङ्ग उत्कष्ट दशमा परेका हुन । देशभरमै पाल्पा गत बर्ष झै पहिलो स्थानमा रहेको छ । ७ नम्वर प्रदेशका ९ जिल्ला मध्ये अछाम ८८ दशमलव १ अंक प्राप्त गर्दै दोस्रो,बैतडी ८६ दशमलव ८ अंक ल्याउदै चौथो, ८५ दशमलव ८ अंक ल्याउदै कञ्चनपुर सातौं, ८५ दशमलव ६ अंक ल्याउदै डोटी आठौं र ८५ दशमलव २ अंक ल्याउदै बझाङ्ग नवौ स्थानमा रहेका छन । गत बर्षको तुलानामा अछाम चार स्थान माथि उक्लदै दोस्रो स्थानमा छ । गत बर्षको कार्य सम्पादन मुल्यांकनमा छटौं नम्वरमा थियो । बैतडी गत बर्ष १५ औ स्थानबाट माथि उक्लेर चौथो स्थानमा प
यथार्थता र वास्तविकतामा : सहरीया जीवनभित्रको पोखरा

यथार्थता र वास्तविकतामा : सहरीया जीवनभित्रको पोखरा

अन्तर्वार्ता-विचार
नगेन्द्रराज पौडेल यसो त अहिले सबै ठाउँको जनजीवन विभिन्न कारणले अस्तव्यस्त छ । त्यसमा पनि बग्रेल्ती सुख र सुविधाको सपना बोकेको शरहीया जीवन आफ्नै खाले विषम समस्याको कारण पट्यारिलो बनेको छ । संसारकै सुसभ्य भनिने पश्चिमा मुलुक होस वा खाडी मुलुक जहाँ गएर भएपनि फर्केपछि शहरयिा जीवनको लतले छोएकै हुन्छ । यही क्रममा आजको शहरी दुनिया बढी भिडभाडयुक्त देखिन्छ । जनघनत्व बढेसँगै चोरी,डकैती तथा असमाजिक क्रियाकलापले समाजमा प्रश्रय पाउँछ । सोझासाझाहरु हराउँछन ,विकृति र विसंगतिले जरा गाडछ । हुँदा हुँदा समाजमा व्यक्ति,परिवार वा समुदायलाइ पिरल्नेहरु क्रमशः नागरिकका लागि राज्यप्रदत्त सेवा सुविधा हडप्न,चोर्न वा कानुन हातमा लिई समाजमा मनोपोली गरी सरकारसमेतलाई चुनौती दिएको उदाहरण छ्याप्छ्याप्ती पाउन सकिन्छ । यस्ता केही उदण्ड कामहरुको फेहरिस्तमा सार्वजनिक जग्गा हडप्ने,बाटो मिचेर घर बनाउने, तारबाट बिजुली चोर
गुफामा मृत फेला परेका ब्यक्तिको लास निकाल्न कठिनाई

गुफामा मृत फेला परेका ब्यक्तिको लास निकाल्न कठिनाई

मुख्य समाचार
बैतडी, ४ चैत । बैतडीको पात्ताल भुमेश्वर गुफामा मृत फेला परेका ब्यक्तिको लास सशस्त्र प्रहरीको बिशेष टोलीले दोस्रो दिन पनि निकाल्न सकेको छैन । पाटन नगरपालिका–१० का ५० बर्षिय भरत बहादुर चन्द एसियाकै गहिरो पात्ताल भुमेश्वर गुफाभित्र मृत फेला परेका थिए । गुफाको पछिल्लो भागतिर अत्यन्तै साँधुरो रहेकाले लास बाहिर निकाल्न गाह्रो भएको हो । शसस्त्र प्रहरी बलको उद्धार टोलीले दुई दिनसम्म प्रयास गर्दा समेत लासलाई करीब ७० मिटर जती मात्रै सार्न सकेको छ । घिस्रिएर मात्रै प्रवेश गर्न सकिने अवस्था रहेकाले गन्हाएको र सुन्निएको लास गुफा बाहिर निकाल्न कठिन भएको शसस्त्र प्रहरीका प्रहरी निरिक्षक राजेन्द्र कुवँरले जानकारी दिनुभयो । गुफाको आधा भागसम्म फराकिलो रहेपनि पछिल्लो भागमा प्रवेश गर्न निकै कठिन रहेको कुवँरले बताउनुभयो । बुधवार देखि खटिएको सशस्त्र प्रहरी टोलीले भुकम्पका बेला गरिएको उद्धार प्रया
यसरी पुगियो गुफाभित्रको लाससम्म

यसरी पुगियो गुफाभित्रको लाससम्म

मुख्य समाचार
तिलक बिष्ट(३२) बाशुलिङ–१, ग्वानी मृतकको चप्पल गुफा नजिकै फेला परेको थियो । सो चप्पल मृतक भरत बहादुर चन्दको भएको प्रमाणित भएपछि गुफाभित्र हुनसक्ने संभावना बढी थियो । गुफाको साँधुरो भागबाट अघि बढ्न निकै कठिन थियो । एकोहोरो पल्टेर घिस्री घिस्री अघि बढ्नुपर्ने थियो । यसअघि पनि एक चोटी गुफाको साँधुरो भागसम्म करीब एक किलोमिटरजती पुगेर फर्केर आएका थियौं । यसपल्ट भने गुफाको साँधुरो भाग भएर पनि जानैपर्ने थियो । निकै कठिन भयो । तर लाससम्म पुगेरै छोडे । पिधमा बालुवा भएको, साँधुरो तथा समथर ठाउँमा लास देखा प¥यो । लासको अवस्था हेर्दा हिड्दा हिड्दै मृत्यु भएजस्तो लाग्छ । गुफाको प्रवेशद्वारतर्फ खुट्टा छ । सुरुमा देख्दा ढुङ्गाजस्तै लाग्यो, पछि खुट्टा देखिएपछि मान्छेको लास रहेछ भन्ने थाहा भयो । त्यसपछि अलि राम्ररी हेर्दा दाँत पनि देखियो । त्यसपछि म फर्केर आए । अलि पछाडि रहेका नरेन्द्र चन्द
भिरबाट खसेर डडेल्धुरामा गर्भवति महिलाको मृत्यु

भिरबाट खसेर डडेल्धुरामा गर्भवति महिलाको मृत्यु

मुख्य समाचार
ललित बोहरा डडेल्धुरा ,चैत २, डडेल्धुराको मणिलेक गाबिसमा भिरबाट खसेर आज एक गर्भबति महिलाको ज्यान गएको छ । घाँस काटने क्रममा रढुवाको भिरबाट खसेर ३० बर्षीया जमुना भुलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतक भुललाई उपचारको लागी उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमा नै ज्यान गएको मृतकका आफन्तले जानकारी दिएका छन । मृतकको श्रीमान कामको शिलशिलामा भारत गएका छन भने घरमा ५ बर्षिय छोरा छ ।
जिल्ला प्रशासनबाट एक लाख ४० हजार नागरिकता कम्प्युटर सफ्टवेयरमा

जिल्ला प्रशासनबाट एक लाख ४० हजार नागरिकता कम्प्युटर सफ्टवेयरमा

मुख्य समाचार
लोकेश साउद बैतडी, चैत्र ०२, जिल्ला प्रशासन कार्यालय बैतडीले २४ महिनाको अवधीमा एक लाख ४० हजार नागरिकताको प्रमाणपत्रहरु कम्प्युटर सफ्टवेरमा इन्ट्री गरेको छ । २०७० चैत देखि पुराना नागरिकताहरु कम्प्युटरमा इन्ट्री गर्न थालेको प्रशासनले फागुन मसान्तसम्म एक लाख ४० हजार दुई सय छ जनाको नागरिकता कम्प्युटरमा राखिसकेको छ । कम्प्युटरमा राखिएपछि रजिस्टरमा नागरिकताको बिवरण हेर्न घण्टौं लाग्ने बाध्यता समेत हटेको छ । २०४३ साल देखि २०६९ सालसम्मका नागरिकताहरु कम्प्युटरमा राखिसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर श्यामसुन्दर चौधरीले जानकारी दिनुभयो । २०४३ भन्दा अगाडिको तथा यस अवधीमा घुम्ती शिबिरमा दिइएका केही नागरिकताहरु कम्प्युटरमा राख्न बाँकी रहेको चौधरीले बताउनुभयो । २०१९ साल यता बैतडीमा करीव साढे दुई लाख नेपाली नागरिकताहरु जारी गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले चालु आ
बाल बिवाह हटाउन बाजे देखि नातिसम्मको सम्बाद

बाल बिवाह हटाउन बाजे देखि नातिसम्मको सम्बाद

मुख्य समाचार
कविता बोहरा बैतडी, चैत्र ०२, बालविवाह न्यूनीकरणका लागि बैतडी सिद्धेश्वरमा बाजे पुस्ता देखि नाती पुस्तासम्मको अन्तरपुस्ता सम्वाद कार्यक्रम आयोजना गरिएको छ । समाजका लागि चुनौतीपुर्ण बन्दै गइरहेको बालबिवाह हटाउन किशोरावस्थाका बालिकाहरु देखि ७० बर्षका बृद्धहरुलाई एकै ठाउँमा राखेर अन्तर सम्बाद कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, महिला तथा बालबालिका अधिकृत अनिता बुढाऐर, प्रहरी प्रमुख मोहन पोखरेल तथा संयुक्त राष्ट्र संघिय जनसंख्या कोषका प्रतिनिधीहरुको सहभागिता थियो । महिला तथा बालबालिका कार्यालय पाटन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा अन्तरपुस्ता सम्वाद भएको हो । अन्तरपुस्ता सम्वाद कार्यक्रममा जिल्लाका १० गाबिसका किशोरी बृतका ३५ जना किशोरी, बालबिवाहमुक्त घोषणाको तयारीमा रहेको सिद्धेश्वर गाबिसका ५० जना किशोरी तथा एक यस भन्दा बढ
सङ्गीत क्षेत्रको हिरो हो भनेर म कसरी भन्न सक्छु?

सङ्गीत क्षेत्रको हिरो हो भनेर म कसरी भन्न सक्छु?

अन्तर्वार्ता-विचार
पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नो गितहरु तथा मिठो स्वर मार्फत दर्सक श्रोता हरुको मनमा बसिरहेका गायक राम जी खाँड सगँ पत्रकार सि पि लोहियाले गरेको कुराकानी । जिन्दगी कसरी चल्दैछ ? यस्तै हो कलाकारको जिन्दगी गीत सगिंत मै समर्पित छु, मेरो यात्रा सगिंत सगं जोडीएपछि यसैमा दिनरात बित्छन्, यसरी नै भनौँ । तपाईको गायन क्षेत्र एकदमै फस्टाएको पाईन्छ । सुरुवात चाही कहाँ बाट भयो ? – सानै देखी गीत सगिंत तिर चासो, सबैका गित हरु सुन्ने गाउने बानी चाही थियो तर औपचारीक रुपमै अथवा मैले एल्बम सबै माझ ल्याएको २०५६ साल बाट भन्न सकिन्छ , देउरालीको भट्टीपसल भन्ने गीत तपाईको पहिलो गित थियो की ? होईन त्यो भन्दा पहिला मैले कैयौ एल्बम हरु गरेँ तर अलिकति क्लिक भएको मलाई दर्शक श्रोता रुहले चिन्नु भएको देउरालीको भट्टी पसल हो त्यहाँबाट एउटा चर्चामा रहँे, त्यहीँ हो, त्यसपछाडी मेरो भनौन एउटा चर्चा चु
चालक र सहचालक संग अन्तरक्रिया कार्यक्रम

चालक र सहचालक संग अन्तरक्रिया कार्यक्रम

मुख्य समाचार
इन्द्रसरा खड्का बैतडी, चैत्र ०२, बढदो सवारी न्युनिकरणका लागी जिल्ला प्रहरीकार्यलय बैतडीले आज खोड्पेमा चालक र सहचालक संग अन्तरक्रिया कार्यक्रम गरेको छ । पछिल्लो समयमा जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछी यसको यसको न्युनिकरणका लागी अन्तक्रीया गरेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । जिल्लामा बढी जसो मादक पदार्थ सेवन गरी गाडी चलाउनु, गाडीमा क्षमता भन्दा बढी यात्रु बोकेर बढी जसो सवारी दुर्घटना हुने भएकाले यसमा चालक र सहचालकले बढी ध्यान दिनुपर्ने कार्यक्रममा सहभागी सरोकारवालाले बताएका छन् । कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले चालक सहचालकहरुले गाडी चलाउदा बढी ध्यान दिनुपर्ने बताउनु भएको छ । चालकको लापर्बाहीका कारण दुर्घटना बढी हुनसक्ने भएकाले जोखीमपुर्ण सडकहरुमा बिशेष ध्यानदिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा स्थानीबासि
सुदुरपश्चिम उपक्षेत्रिय अस्पतालमा १७ कर्मचारी अनुपस्थित

सुदुरपश्चिम उपक्षेत्रिय अस्पतालमा १७ कर्मचारी अनुपस्थित

मुख्य समाचार
ललित बोहरा डडेल्धुरा, चैत्र ०१, सुदुरपश्चिम उपक्षत्रीय अस्पताल डडेल्धुराका १७ जना कर्मचारी अस्पतालमा अनुपस्थित रहेको पाईएको छ । जिल्ला प्रशासन कार्यालयले सोमवार गरेको कार्यालयको छड्के अनुगमन चेकजाचको क्रममा उपक्षेत्रिय अस्पतालमा १७ जना र जिल्ला स्वास्थ्य कार्यालयमा १ जना अनुपस्थीत भेटीएको सहायक प्रमुख जिल्ला अधीकारी करुणाकर अवस्थीले बताएका छन । अनुपस्थित रहेका कर्मचारीको बारेमा कार्यालय संग स्पष्टीकरण माग गरिएको छ । कार्यालयमा कर्मचारी अनुपस्तिथीतको कारण खुल्न सकेको छैन । कार्यालयमा बिना जानकारी अनुपस्थित रहेका कर्मचारीलाई आवश्यक कावार्ही गरिने जिल्ला प्रशासनकार्यालय डडेल्धुराले जनाएको छ । साथै पछिल्लो समय २४ घण्टा नै सुचारु हुने भनीएपनी रातिको समयमा इमेजेन्सी सेवामा समेत डाक्टर नहुने गरेको देखीएको छ । अस्पतालमा सुदुरपश्चिका ७ पहाडी जिल्लाका बिरामीहरु सेवा लिने गरेका छन् ।