Author: Ghanshyam Sagar

जवरजस्तीकरणी गर्न खोजेको आरोपमा युवक पक्राउ

जवरजस्तीकरणी गर्न खोजेको आरोपमा युवक पक्राउ

मुख्य समाचार
बैतडी । बालिकालाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका ४ बस्ने २४ बर्षिय नन्दु जोशी रहेका छन् । बुधबार शाहीलेक बजारबाट घर फर्किदै गर्दा दनपा कै एक बालिकालाई ठुलिखोला भन्ने ठाँउमा जोशीले जवरजस्तीकरणी गर्न खोजेको पिडित पक्षको भनाई छ । पिडित किशोरीको ठाडो निवेदनका आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो । घटना बारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । १ घण्टा सम्म जवरजस्तीकरणीको प्रयास भएको र आफु संग भएको सर–सामानहरु खोलामै छोडेर भाग्न सफल भएको पिडित बालिकाले बताउनुभयो ।
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

विविध
काठमाडौं । आज ऋषिपञ्चमी, नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । रजस्वलाका समयमा भएका त्रुटि आज अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज बिहानै उठेर महिलाहरुले नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष
पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक पक्राउ

पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक पक्राउ

समाज
बैतडी । पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार बस चालक धन बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साँझ ८:३० बजे पाटन-०६ खिपाली बस्ने बलदेव अवस्थीलाई ठक्कर दिएर फरार रहेको आरोपमा शनिबार कंचनपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । धामीले चलाएको ना ७ ख ३१२६ नम्बरको बसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । धामीले अवस्थीलाई ठक्कर दिएर आफैले प्रहरीलाई खबर गरि कसैले ठक्कर दिएका एक जना घाईते छटपटाई रहेका छन् भनि दुर्घटनाको दिन उम्किन सफल भएका थिए । धामीले आफुले नै ठक्कर दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घाईते अवस्थीको उपचारका क्रममा दुर्घटना भएकै दिन मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकलाई समात्न नसकेको भन्दै शुक्रबारका दिन स्थानीयवासी आन्दोलित भएका थिए । पक्राउ परेका धामीलाई सवारी ऐन अनुसार कारबाही हुने बताइएको छ ।
वडा अध्यक्षले गरे आफ्नो तलबबाट अक्षयकोषको स्थापना

वडा अध्यक्षले गरे आफ्नो तलबबाट अक्षयकोषको स्थापना

मुख्य समाचार
बैतडी । पाटन नगरपालिका वार्ड नं ९ को सिदेश्वर मावि हुक्के डाडाँमा “वडा अध्यक्ष“ नामक अक्षयकोष स्थापना गरिएको छ । कुसे औँसिको अवसरमा विद्यालयले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई पाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले अक्षयकोष स्थापना गरेका हुन् । अध्यक्ष भण्डारीले आफ्नाे एक महिनाको तलब जम्मा गरि “वडा अध्यक्ष “ नामक अक्षयकोष स्थापना गरेको जानकारी दिए  । कोषको रकम बाट आउने ब्याजले विद्यालयको बार्षिकोत्सब तथा अभिभावक दिवसका दिन उत्कृष्ट, गरिब तथा जेहेन्दार  बिद्यार्थीलाई पुरुस्कार दिने उदेश्यले कोषको स्थापना गरेको वडा अध्यक्ष भण्डारीले बताए । यो पुरस्कारले  बिद्यार्थीको पढाईमा उच्च मनोबल पुगि शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएको अध्यक्ष भण्डारीले बताए ।  यस्तै वडामा रहेका अन्य तीन विद्यालयमा पनि एक एक महिनाको तलवले अक्षय कोष स्थापना ग
हिन्दु परम्परामा भराण (भण्डार) प्रर्दशन

हिन्दु परम्परामा भराण (भण्डार) प्रर्दशन

मुख्य समाचार, विविध
नेपाल राज्यका प्रदेश न. ७, ६ र भारत उतराखण्डका कुमाउँ गढवालमा आफना कूलदेवता र पूर्वजहरुबाट स्थानीय देवी-देवताहरुको अर्ध वा वार्षिकरुपमा हुने पूजाकार्यमा प्रयोग हुने सामग्री (देवीदेवताका नामबाट संकलित एकप्रकारको जिन्सी धनसम्पति जसको स्रोत मनशान्ती गर्न, मनोकामना पूर्ण गराउन अनुयायीहरुले श्रद्धापूर्वक समर्पण गरेको जिन्सी धनसम्पति वा देवस्वको) संरक्षण गर्ने, पूजाकार्यको दिन श्रदालुहरुलाई देखाउने वा उनीहरुको विश्वास कायम राख्ने प्रयोजनको लागि भण्डार संरक्षण गर्ने परिवारको घरबाट भणाण लैजाने प्रथा परम्परा चलि आइरहेको छ। यो परम्परा चल्नु चलाइनुको पछाडीको मूलकारण के होला यो परम्पराको सामाजिक औचित्य र यसका गुह्य रहस्यहरु के हुन सक्छन ? भन्ने सन्दर्भमा यसको उपादेयीताको ऐतिहासिक र सामाजिक विकास विज्ञानको कसौटीमा विवेचना गर्न भण्डारका साथै भण्डारी थरबारे केही प्रशङग र आधारहरुको विश्लेषण यस लेखमा गर्ने
चार दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

चार दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

विविध
नारायणराम सार्की, विश्व खाद्य कार्यक्रम र एकिकृत विकास समाज नेपालको साझेदारीमा चार दिने सामाजिक परिचालन प्रशिक्षक प्रशिक्षण तालिम पाटन सम्मन्न भएको छ । तालिमको सहजीकरण एकिकृत विकास समाज नेपालका तारा खाती र अन्जन कुमार फोजुले सहजीकरण गरेका थिए । सहजीकरणमा पूर्ण सरसफाई मार्गदर्शन र सूचकहरु, सरसफाई किन ? सरसफाईको सम्बन्ध के सँग छ । सरसफाइको प्रस्थान विन्दु के हो ? मानव मलमूत्रको विसर्जनको राम्रो उपाय के हो ? विद्यनलय खानेपानी, सरसफाई तथा स्वच्छतासम्वन्धी कार्यविधि २०७४ तथा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताका मापदण्ड बारेमा जाकारी गरराइएको थियो । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन प्रक्रिया, काम कर्तव्य तथा अधिकार र विद्यालय वालक्लव गठन प्रत्रृmया, काम कर्तव्य, अधिकार र सामाजिक परिचालकको भूमिका, सामाजिक परिचालकले गर्नु पर्ने मुख्यकार्यहरु, सामाजिक परिचालकका आचा
निर्मला पन्त हत्याकाण्डमा संलग्न एकजना पक्राउ

निर्मला पन्त हत्याकाण्डमा संलग्न एकजना पक्राउ

मुख्य समाचार, समाज
काठमाडौं । गत साउन ११ गते हत्यापछि फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको हत्या आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्ट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो । विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । “१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ अनि कोही नभएको देखेपछि
पुर्चौडी नगरपालिकाले लगायो मदिरा र जुवातासमा रोक

पुर्चौडी नगरपालिकाले लगायो मदिरा र जुवातासमा रोक

मुख्य समाचार
बैतडी । जिल्लाको पुर्चौडी नगरपालिकामा मदिरा बेचबिखन र जुवातासमा रोक लगाइएको छ । नगरपालिकाको विशेष सभाले गरेको निर्णय भाद्र एक गते देखि कार्यन्वयनमा आएको छ । मदिरा, जुवातासले विकृति विसङ्गीत बढ्दै गएकाले मदिरा सेवन तथा विक्री वितरण, जुवातास खेल्न खेलाउनमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा अधिकांश झैझगडा र अपराधजन्य घटना मदिरा सेवन र जुवातासबाट हुने गरेकाले रोक लगाइएको बताइएको छ । नगरपालिकाको निर्णय बिरुद्ध कसैले मदिरा सेवन गरेको पाइएमा पाँच हजार, सार्वजनिक व्यक्तिले सेवन गरेको पाइएमा १० हजार, बिक्रि वितरण गरेको पाइएमा १० हजार, गाडीमा ढुवानी गरेको पाइएमा १० हजार, भरियाले ढुवानी गरेमा पाँच हजार जरिवाना गरिने नगरपालिकाका प्रवक्ता गौतम प्रसाद भट्टले जानकारी दिनुभयो । त्यस्तै जुवा खेलेमा दुई हजार, खेलाउनेलाई पाँच हजार, हेर्नेलाई पाँच सय जरिवाना गरिने समेत उहाले बताउनुभ
प्रदेश ७ मा ‘ओल्के’ पर्व धुमधामका साथ मनाइँदै

प्रदेश ७ मा ‘ओल्के’ पर्व धुमधामका साथ मनाइँदै

मुख्य समाचार
बैतडी । प्रदेश नं ७ का जिल्लाहरुमा हर्लोल्लाषका साथ आज ओल्के पर्व मनाइदै छ । यो पर्व भाद्र संक्रान्तिका दिन प्रदेश नं ७ मा धुमधामका साथ मनाउने गरिन्छ । आजको दिनमा बिहानै नुहाईधुवाई गरी खानाका विभिन्न परिकारहरु तयार गरेर आफन्तलाई ओल्को अर्थात् उपहार दिने गरिन्छ । यस पर्वमा आफूभन्दा ठूलावडा, मान्यजनहरुलाई सम्मान स्वरुप गाभा अर्थात् कर्कलाको भित्री पात फलफूल आदि दिने, मीठो मसिनो खाने, हातमा मेहन्दी लगाउने, युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउँसोभरी रमाईलो गर्ने गरिन्छ । वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन छ । ओल्कोले खासगरी सौगात उपहार वा कोसेली भन्ने बुझाउँछ । वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा यो पर्व मनाइन्छ । यस पर्वपछि विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई यहाँका बासिन्दाले जेठो पर्वका रुपमा पनि ल
फेसबुकबाट गाली गर्ने माथि साईबर अपराधको मुद्दा

फेसबुकबाट गाली गर्ने माथि साईबर अपराधको मुद्दा

मुख्य समाचार
बैतडी । बैतडी क्षेत्र नं. (ख) बाट निर्वाचित प्रदेश नं. ७ का प्रदेश सदस्य लीलाधर भट्टलाई सामाजिक संजाल फेसबुकमार्फत बिकृत पोष्टर बनाएर गाली बेईज्जती गर्ने बिरुद्ध साईबर अपराध अन्तरगत प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु भएको छ । प्रदेश सभा सदस्य भट्टको तस्वीरलाई बिकृत पोष्टर बनाएर सामाजिक संजाल फेसबुकमार्फत गाली गर्ने बिरुद्ध अनेरास्वयु बैतडी र युवा संघ बैतडीले बिहीवार साईबर अपराध अन्तरगत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएको हो । उजुरीपछि जिल्ला प्रशासन कार्यालय बैतडीले तथ्यप्रमाण बुझी साईबर अपराध अन्तरगत आवश्क अनुसन्धान गर्न प्रहरीलाई लेखि पठाएको छ । यो विषयमा आवश्यक बारबाही र अनुसन्धानका लागि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र लेखेर बैतडी प्रहरीले पनि थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नेत्रमणी