चुनावी प्रतिबद्धता पूरागर्न सभासद् भण्डारी दौडधुपमा, बैतडीका ३३ हजार घरधुरीमा बिजुली र टेलिफोन पुग्ने

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

बैतडीबाट निर्वाचित संघीय सभासद् दामोदर भण्डारीले चुनावमा जनतासामु बत्ती र टेलिफोन पुर्याउने प्रतिबद्धता पूरा गर्न दौडधुप सुरु गरेको बताउनुभएको छ ।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको बैतडीबाट निर्वाचित भण्डारी बैतडीका ३३ हजार घरधुरीमा बिजुली र टेलिफोन पुर्याउन दौडधुपमा लाग्नु भएको हो ।

जिल्लाका समस्याहरुको पोको लगेर उर्जा मन्त्रालय दौडधुप गरेपछि मन्त्रालयबाट बैतडीका लागि ४० करोडका चार वटा ३३ केभी प्रशारण लाईन बन्न लागेका हुन् । त्यसै गरी सञ्चार सुविधाबाट बञ्चित रहेका बैतडीका ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सात वटा टावर निर्माण कार्य सुरु भएको छ ।

अध्याँरोमा रहेका ग्रामीण भेगमा बिजुली पुर्याउने लक्षका साथ पाटन–मेलौली, मुसे, सिल्लेगाडा–कटौजपानी र गिरेगाडा–नेटा ३३ केभी प्रशारण लाईन तथा सबस्टेशन आयोजनाको सर्बे सम्पन्न भएको छ ।

सर्बे सम्पन्न भएकोले पाटन–मेलौली ३३ केभी सभस्टेशन निर्माणको ठेक्का अन्तिम चरणमा पुगेको बुद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका लेखा अधिकृत रबिन्द्र भट्टले जानकारी दिनुभयो ।

नेपाल सरकारबाट आवश्यक बजेट प्राप्त भएकाले बैतडीमा चार वटा ३३ केभी प्रशारण लाईन बिस्तारका लागि संघीय तथा प्रदेश सभासदहरुले विशेष चासो र पहलकदमी गरिरहेको प्राधिकरणका लेखाअधिकृत भट्टले बताउनुभयो ।

बिद्युतसंगै संचारको पहुच पुग्न नसकेका पञ्चेश्वर, शिवनाथ÷उदयदेव,मेलौली, बिजयपुर, पन्ञ्जुनयाँ, सिगास,गाँजरी, महादेवस्थान र शिवनाथमा नेपाल टेलिकमको टावर निर्माणको काम सुरु भएको छ । यी मध्ये बिजयपुरमा टावर निर्माण सकिएको छ । निर्माण कार्य सकिएको ठाउँमा नेपाल टेलिकमको सेवा छिट्टै सुचारु हुने नेपाल टेलिकम बैतडीले जानकारी दिएको छ । निर्माण कार्य सम्पन्न भएका टावर हस्तान्तरण हुने बित्तिकै सेवा सुचारु हुने नेपाल टेलिकम बैतडीका प्रमुख सुरतबहादुर खड्काले बताउनुभयो ।

संवृद्ध बैतडी बनाउने जनचाहना अनुसार आफुले रातदिन दौडधुप गरेर काम गरिरहेको संघीय सभासद् दामोदर भण्डारीले बताउनुभएको छ । पूर्व अर्थ राज्यमन्त्री समेत रहनु भएका सभासद भण्डारीले तीन वर्षभित्रै बैतडी अध्याँरो मुक्त हुने बताउनुभएको छ ।

‘जिल्लाका ४५ हजार घरधुरी मध्ये ३३ हजार घरधुरीमा बिजुली छैन । अधिकाशं ग्रामीण वस्तीमा टेलिफोन सेवा छैन । चुनावमा जनतासामु बत्ती र टेलिफोन पुर्याउने प्रतिबद्धता गरेको थिए । बैतडीका कुनै पनि गाउँ अध्याँरो नरहने गरी उर्जा मन्त्रालयबाट काम सुरु भएको छ,’ संघीय सभासद दामोदर भण्डारीले भन्नुभयो ।

बैतडीका ६ गाउँपालिका र चार नगरपालिकाका ४५ हजार एकसय ९१ घरधुरी मध्ये हालसम्म १२ हजार घरधुरीमा मत्र बिद्युत पुगेको बिद्युत वितरण केन्द्र बैतडीले जानकारी दिएको छ ।

जिल्लाको च्वाँगढ, पुरचौडी,तल्लोस्वराड र डिलासैनी क्षेत्रका गाउँपालिकामा बिद्युत पुगेको छैन । बिद्युत नहुँदा अधिकाशं गाउँपालिकाको काम समेत प्रभावित हुने गरको छ । ‘फोटोकपी गर्न समेत एक दिनको बाटो हिँड्नु पर्छ’ बैतडीको सिगास गाउँपालिका– १ का कृष्ण धामीले भन्नुभयो । गाउँपालिकाको समान्य काम गर्न सोलार जडान गरेर कम्म्युटर चलाए पनि बादल लागेको दिन सोलारले काम नगर्दा गाउँपालिकाको काम प्रभावित हुने गरेको छ ।

बैतडी–दार्चुलाको सिमा बलाँचमा सम्पन्न भएको ३० मेघावाट क्षमताको चमेलिया जल बिद्युत आयोजना सम्पन्न भए पनि बजेट अभावमा सबस्टेशन बन्न नसक्दा बैतडीका ग्रामीण वस्तीमा बिजुली बल्न सकेको थिएन ।

तस्वीरः ३३ केभी बिद्युत लाईन सर्बेपछि बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रमुखसहितको टोली बैतडीको मेलौलीमा । तस्वीरः गोकर्ण दयाल/बैतडी ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: