राम विनयलाई नेपाली वाङ्मय साधना सम्मान

मा प्रकाशित


काठमाडौँ । नेपाल वाङ्मय परिषदले स्रष्टा राम विनयलाई वि.स. २०७५ का लागि नेपाली वाङ्मय साधना सम्मान प्रदान गरेको छ ।

परिषदको आयोजनामा कुलेश्वर आवास परिवार कल्याण संस्था, कुलेश्वरमा स्रष्टा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सभापतित्वमा सञ्चालित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती हुनुहुन्थ्यो । भुवन बोहरा निस्तेजले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले वरिष्ठ साहित्यकार राम विनयलाई सम्मानपत्र सहित दश हजार राशी समेत प्र्दान गर्नुभयो । यस अघि वि.स. २०७२, ०७३ र ०७४ का लागि सो सम्मान मोहन दुवाल, प्रा.डा. जीवेन्द्रदेव गिरी, हरिहर खनाललाई प्रदान गरिएको थियो ।

सम्मान समारोहमा बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, कुलेश्वर आवास परिवार कल्याण संस्थाका अध्यक्ष लोकनाथ पोखरेल एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्यले स्रष्टा राम विनयलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा वैरागी जेठा, सीताराम नेपाल, दुर्गा रिमाल, धनबहादुर मगर, मथुरा सैंजू, प्रा.डा. खेमनाथ दाहाल, अयामसन प्याकुरेल, पुन्यप्रसाद घिमिरे एवम् नमुना शर्माले आफ्ना रचना वाचन एवम् गायन गर्नुभएको थियो । कार्यक्रममा करिब सय जति स्रष्टाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: