तल्लोस्वराडमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने

मा प्रकाशित


बैतडी ।

जिल्लाको तल्लोस्वराड क्षेत्रमा एकिकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा यही मंसिर २१ गते शुक्रवारदेखि एकिकृत घुम्ती शिविर सञ्चालन हुन लागेको हो ।

दुर्गम भेगका जनतालाई गाउघरमै सेवा दिन एकिकृत घुम्ति शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो ।

शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला निर्वाचन कार्यालय, जिल्ला हुलाक कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुख्खा फलफुल विकास केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगायतका कार्यालयहरुले सेवा दिने छन्  ।

शिविर मंसिर २१ गते मेलौली नगरपालिकामा, २२ र २३ गते शिवनाथ गाउपालिकामा र २४ र २५ गते पञ्चेश्वर गाउँपालिकामा घुम्ती शिविर सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

तल्लोस्वराड क्षेत्रका नागरिकलाई शिविरमा आई सेवा लिन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: