संस्कृति जाेगाउन बैतडीका सञ्चारकर्मीले खेले देउसीभैलो, साढे ४ लाख सङ्कलन

मा प्रकाशित


बैतडी ।

संस्कृति संरक्षण गर्ने उद्देश्यले बैतडीका सञ्चारकर्मीले खेलेको देउसी भैलोवाट ४ लाख ५५ हजार संकलन भएको छ ।

आधुनिक प्रविधिको विकाससंगै पछिल्लो समय विभिन्न संस्कृतिहरु हराउदै गएका बेला बैतडीका सञ्चारगृह तथा सञ्चारकर्मी संस्कृति संरक्षणमा जुटेका थिए ।

रेडियो निङ्गलाशैनी ९४ मेगाहर्ज र सामुदायिक रेडियो सेभेनस्टार ९९.२ मेगाहर्ज बैतडीको आयोजनामा उक्त देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो । तिहारको उपलक्ष्यमा पुचौर्डी नगरपालिका स्थीत राताशिला त्रिवेणी धाम बाट सुरु गरिएको देउँसी भैलो कार्यक्रम बैतडीसहित दार्चुलाका विभीन्न ठाउँमा खेलिएको थियो । पयर्टन प्रवद्धनको लागी देउसी भैलो समुह दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मडमा रहेको मल्लिकार्जुन राष्ट्रिय धाममा समेत पुगेको थियो ।

यसअघि रेडियाहरुले विभिन्न संस्कृति संरक्षणका लागी समुदायमै गएर विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा यसपाली तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको हो ।

देउँसी भैलोलाई मनोरञ्जनका लागी मात्रै लिने गरिएको भन्दै सञ्चारगृहले संस्कृति जोगाउनको लागी देउँसी भैलो खेलेको जनाएका छन् । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ दिउँसो भैलो कार्यक्रम सञ्चालन गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताउनुभयो ।

यूवापुस्ताको संस्कृति संरक्षणमा ध्यानाकर्षण गर्न देउँसी भैलोको आयोजना गरिएको रेडियो सेभेन स्टारका अध्यक्ष अमर भट्टराईले जानकारी दिनुभयो ।

यसका साथै देउसी भैलो कार्यक्रमले श्रोता,सहयोगी,विज्ञापनदाताहरुसंगको सम्बन्धलाई मजबुत बनाउन, सस्कृतिको संरक्षण गर्न आयोजना गरिएको रेडियोहरुले जनाएका छन् । उक्त देउसी भैलो कार्यक्रममा जिल्लाका करिब दुई दर्जन सञ्चारकर्मी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: