विकास पन्त स्मृति प्रतिष्ठानद्वारा वृद्ध आमाहरुलाई सहयोग

मा प्रकाशित


काठमाडौँ ।

श्री विकास पन्त स्मृति प्रतिष्ठानले हरेक वर्षझैं यस वर्ष पनि विकास पन्त स्मृति दिवश मनाएको छ । मंसिर ८ गते शनिवारका दिन विकास पन्त स्मृति दिवशको अवशर पारेर काठमाण्डौं जिल्ला गोल्फुटार, महाँकाल–५ स्थित श्री दिव्य सेवा निकेतन, जेष्ठ नागरिक आश्रालयमा आश्रित वृद्धा आमाहरुलाई उनीहरुको आवश्यकता र चाहाना वमोजिमको सहयोग उपलव्ध गरिएको हो ।

उक्त विशेष समारोहमा नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक श्री छविराज पन्तज्यूबाट न्यानो लुगा वितरण गर्नुका साथै मिठाई तथा फलफुल समेत प्रदान गर्नु भएको थियो । सोही अवशरमा उहाँले प्रतिष्ठानबाट सम्पादित गतिविधि उपर संक्षेपमा प्रकाश पार्नुका साथै दिव्य सेवा निकेतन, गोल्फुटारले समाज सेवामा पु¥याउँदै आएको योगदानको पनि सराहना गर्नु भएको थियो । सोही अवशरमा दिव्य सेवा निकेतनका उपाध्यक्ष श्री के.पी प्रधानजयूले निकेतनले हाल सम्म समाजमा पु¥याएको मानवीय सेवाको चर्चा गर्दै प्रतिष्ठानको यस सराहनिय कार्यको प्रशंसा समेत गर्नु भयो ।

साथै उहाँले प्रतिष्ठानने पु¥याएको सहयोगका लागी हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रममा महात्मा प्रविन वाइजी तथा महात्मा हरिचरण स्वामीज्यूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका अध्यक्ष श्री टेक वहादुर वमज्यूले विगतमा प्रतिष्ठानवाट सम्पादित भएका गतिविधि माथी छोटो प्रकाश पार्दै समारोह समापन गर्नु भएको थियो ।

२०६५ साल अशौज २२ गतेका दिन लुक्ला बिमानस्थलमा भएको यति एयरलाईन्सको हृदयबिदारक हवाई दुर्घटनामा दिवंगत हुनु भएका सो बिमानका सहचालक श्री बिकास पन्तको स्मृतिमा उहाँको परिवार र आफन्तजनहरुको पहलमा मिति २०६६ साल अशौज ७ गते यस प्रतिष्ठानको स्थापना भएको हो ।

यस प्रतिष्ठानले खास गरी शैक्षिक, सामाजीक, सास्कृतिक र वातावरणीय क्षेत्रमा बिविध कार्यक्रम संचालन गरी पिछडिएका क्षेत्र र बिपन्न समुदायको उत्थानमा सक्दो योगदान पु¥याउने उद्देश्य लिएको छ । हाल आएर खेलकुद लगायत राष्ट्रिय जीवनका बिविध पक्षमा उत्कृष्ठता हाँसिल गर्ने अथवा महत्वपुर्ण योगदान पु¥याउने व्यक्ति, क्षेत्र एवं पक्षलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले कार्ययोजना बनाउने तयारी गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: