बैतडीमा जारी एनपीएल क्रिकेटको फाईनल आज; पाटन र मेलौली भिड्दै

मा प्रकाशित


बैतडी ।

देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेल आज हुदैछ । उपाधीका लागी पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्दैछन् ।

सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन नगरपालिका फाईनल प्रवेश गरेको हो भने दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका उपाधी नजिक पुगेको हो ।

निङ्गलाशैनी क्रिकेट क्लबको आयोजना र यूवा समाजसेवी तेजबहादुर चन्दको संरक्षकत्वमा सञ्चालन भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसि)का अध्यक्ष महेश सिंह भण्डारीले बताए ।

उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ ।

कात्तिक ८ गतेदेखि जारी यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हालसम्मकै सबैभन्दा ठुलो रहेको आयोजकको दाबी रहेको छ ।
वि स २०५६ सालमा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी) विकास, अनुसासन र गतिशिलता भन्ने मूल भावका साथ बैतडीमा सक्रिय अवस्थामा रहेको छ ।

क्रिकेटको उर्वरभूमीको रुपमा चिनिदै आएको बैतडीमा प्रतिभावान खेलाडीको खोजीको लागी प्रतियोगिता आयोजना गरिएको हो । निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) क्रिकेटले बैतडीमा क्रिकेटको विकास हुने समेत विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: