पाटनमा आगलागी हुँदा ७० हजार बराबरको क्षती

मा प्रकाशित


बैतडी ।

पाटन नगरपालिका वडा नं ४ जोलाबाजमा आगलागी भएको छ । आइतबार बिहान करिब ४ बजे शेर सिंह महराको घरमा आगलागि भएको हो ।

आगलागी हुदा ७० हजार बारबरको नोक्सान भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र बहादुर सिँहले जानकारी दिुनभयो । आगलागी हुदा ८ वटा खरका थुप्रा २ वटा परालका थुप्रा, ४ वटा मकैका थुप्रा र दाउराको थुप्रो जलेर नष्ट भएको उहाले बताउनुभयो ।

पाटन नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयाताले आगलागी नियन्त्रणमा आउदा घर जल्नबाट जोगाउन सकिएको बताइएको छ ।

आगालागी के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: