निर्मलाका बुुवा यज्ञराज त्रिवि शिक्षण अस्पताल भर्ना

मा प्रकाशित


काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मलाका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। मानसिक स्थिति असामान्य देखिएपछि शनिवार राति धनगढीबाट गाडीमा आएका पन्त परिवार आइतवार साँझ काठमाडौं आइपुगेका हुन्।

निर्मलाका लागि न्याय माग्दै धर्नामा बसेका यज्ञराजले जथाभाबी गालीगलौज गर्ने, ढुंगाले हिर्काउने, अरूलाई जथाभाबी झम्टिने जस्ता क्रियाकलाप गर्न थालेपछि काठमाडौं उपचारको लागि ल्याइएको हो। बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मीसमेत पठाएको छ। निर्मलाका बाबुआमासँगै उनका दुई काकासमेत काठमाडौं आएका छन्। यज्ञराजको स्वास्थ्यको जाँच गर्न एक स्वास्थ्यकर्मी पनि सगैं आएको दुर्गादेवीले बताइन्।

निर्मलाका आफन्त विगत दुई सातादेखि जिल्ला प्रशासन कार्यालयबाहिर २४ घण्टे अनसनमा थिए। अहिले पनि कञ्चनपुरमा धर्ना जारी छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: