काममा केन्द्रित र जवाफदेही हुन सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन र जवाफदेही हुन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि समीक्षा बैठकलाई शनिबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने ,काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारीका लागि भएको बताएका थिए । “यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो ” प्रधानमन्त्री ओलीले भने “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यान्वयनको राम्रै सुरुवात भएको छ । तर यसलाई तिव्रता दिनु पर्दछ । ”

वर्तमान सरकार गहन जिम्मेवारी सहित सफल हुनैपर्ने भएकोले सबैलाई त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । “सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ । हरेक कुराको परिणाम देखिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिबलाई निर्देशन दिएका छन् । सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: