सुरू भयो बडादशैं; आज घटस्थापना जमरा राखेर मनाईदै

मा प्रकाशित


काठमाडौँ ।

आज घटस्थापना, अर्थात दशैंको पहिलो दिन  । नेपालीको घरघरमा जमरा राखेर मनाईदैछ ।

विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।

प्रत्येक वर्ष आश्विन शुल्क प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दशैं घरघरमा जमरा भित्राएसँगै सुरु हुने गर्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ।

यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ । घटस्थापनाको दिन बिशेष बिधि संगै जौ, गहु र मकैलाइ माटोमा छरिन्छ र टिकाको साइतमा फूलको रूपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: