माघमा रिलिज हुँदै ‘प्रेमलीला’

मा प्रकाशित


काठमाडौँ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलीला’को फस्ट लुक सार्वजनिक भएको छ । बुधबार अनामनगरमा आयोजिक कार्यक्रममा फिल्मको पहिलो झलक सार्वजनिक गरिएको हो ।

योसँगै फिल्म प्रदर्शनको मिति पनि सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ । फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ ।

फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ । खान र खड्काले यसै फिल्मबाट डेब्यु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: