बैतडीको पाटनमा किशोरीलाई आत्मरक्षा तालिम दिईदै

मा प्रकाशित


पाटन ।

बैतडीको पाटनमा किशोरीहरुलागि आत्मरक्षा तालिम संचालन भएको छ । महिलामाथि बलात्कार जस्ता जघन्य अपराधका घटना बढ्दै गएपछि मंगलबार देखि किशोरीहरुका लागि आत्मरक्षा तालिम संचालन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजना गरीएको कार्यक्रममा तीन सय किशोरीहरुको सहभागिता रहेको छ ।

महिलालाई आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने किशारीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो ।

तीन दिन सम्म चल्ने आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुलाई आत्म रक्षाका लागि सक्षम बनाउनुका साथै आत्मविश्वासी पनि बनाउने कुरोदय मार्सलआर्ट एशोसिएसनका महासचिव एवम प्रमुख प्रशिक्षक सुरेन्द्र सिँह बिष्टले बताउनुभयो ।

‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नाराका साथ भएको राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमले किशोरीहरुले आत्मरक्षा सिप सिक्नुका साथै खेलकुदमा समेत सहभागिता बढ्ने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: