प्रलेसको चौथो कैलाली जिल्ला सम्मेलन सम्पन्न

मा प्रकाशित


धनगढी । प्रगतिशिल लेखक संघको चौथो कैलाली जिल्ला सम्मेलन सम्पन्न भएको छ । धनगढीमा संघका कैलाली जिल्ला अध्यक्ष बाबुुराम आचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन सचिव तिलकबहादुुर सिंहले गर्नुुभएको थियो ।

प्रलेस केन्द्रीय उपाध्यक्ष एवम् सुुदूूर पश्चिम प्रदेश ईँन्चार्ज डा. पुुष्करराज भट्टले जिल्ला सम्मेलनको उद्घाटन गर्नुुभएको थियो । समारोहमा राजमो प्रतिनिधि कृष्ण चौधरी, नेकपा प्रतिनिधि गणेश ढकाल, प्रलेस केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्य, प्रलेस केन्द्रीय समिति सदस्य जनक रसिक, प्रलेस रापस मेघनाथ खनाल बन्धुु, प्रलेस कैलालीका संस्थापक अध्यक्ष अज्ञात शर्मा, पूूर्व रापस केदारप्रसाद आचार्य, जिल्ला सल्लाहकार रामचन्द्र भट्ट, प्रलेसका पूूर्व केन्द्रीय सदस्य हरिकृष्ण कडायत, साहित्यकार बसन्त बागचन्दका साथै प्रमुुख अतिथि प्रलेस केन्द्रिय उपाध्यक्ष डा.पुुष्करराज भट्टले शुुभकामना मन्तव्य दिनुुभएको थियो ।

प्रलेस केन्द्रीय सचिवालय सदस्य लक्षीराम आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य जनक रसिक एवम् रापस मेघनाथ खनाल बन्धुले बन्द सत्रको सञ्चालन गर्नुुभएको सो समारोहमा जिल्ला शाखा सचिव तिलकबहादुुर सिंहले सांगठनिक एवम् आर्थिक प्रतिवेदन प्रस्तुुत गर्नुुभएको थियो ।

सम्मेलनले तिलकबहादुुर सिंहको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा निर्विरोध चयन गरेको छ । जिल्ला शाखाका उपाध्यक्षमा लक्ष्मीप्रसाद रिजाल, सचिवमा विकास थापा, सहसचिवमा फाल्गुुना दाहाल एवम् कोषाध्यक्षमा चक्र चनारा चयन हुुनुुभएको छ । त्यस्तै जिल्ला शाखाका सदस्यमा वसन्त बागचन्द, तेजराज कापडी, योगराज आचार्य, खेमराज बडुु, दिपिका भट्ट, राजेन्द्र भण्डारी, उन्नति चौधरी चयन हुुुनभएको छ । त्यस्तै गरी जिल्ला शाखाका सल्लाहकारमा बाबुुराम आचार्य, आरसी भट्ट, अज्ञात शर्मा, केदारप्रसाद आचार्य, तुलसी शर्मा, हरिकृष्ण कडायत, गणेश ढकाल, मानबहादुुर जोरा एवम् मानबहादुुर चौहान चयन हुुनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: