पाटन स्टार बन्यो भलिबल बिजेता

मा प्रकाशित


बैतडी ।

पाटन स्टार युवा समाजले आयोजना गरेको खुल्ला पुरुष भलिवल प्रतियोगितामा पाटन स्टार-I बिजेता बनेको छ ।

शनिबार पाटनमा सम्पन्न भलिबल प्रतियोगितामा पाटन स्टार-I प्रथम, निंलाशैनी युवा क्लब द्वितीय र पाटन स्टार-II तृतीय भएका छन् ।

भलिबल प्रतियोगितामा प्रथम हुने टीमले बोका, द्वितीय हुने टीमलाई कुखुराको भाले तथा तृतीय हुने टीमलाई ब्रोएलर कुखुरा प्रदान गरिएको पंकज भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग गरेकोमा सबै खेलाडी तथा दर्शकहरुलाई समाजका अध्यक्ष मुकेश ऐरले धन्यवाद दिनुभयो ।

पाटन स्टार युवा समाजले प्रतियोगिताको आयोजना गरेर खेलकुदको बिकासमा सहयोग पुगेको समारोहका प्रमुख अतिथि जिल्ला समुन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

हिन्दू नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदानका लागि प्रतियोगिता राखिएको प्रतियोगिताका व्यबस्थाक दिनेश ऐरले बताउनुभयो ।

सहस्रलिंग मन्दिर नजिकै पाटन स्टार युवा समाजले आफ्नै लगानीमा खेल मैदान निर्माण गरेको समेत उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: