पाटन नगरपालिका वडा नं ९ का स्वीकृत योजनाहरु पत्रकार सम्मेलन मार्फत सार्बजनिक

मा प्रकाशित


बैतडी ।

बैतडीको पाटन नगरपालिका वडा न ९ ले आर्थिक बर्ष २०७५ ०७६ को योजना सार्बजनीक गरेको छ । वडा न ९ को कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै समाजिक बिकास तर्फ २० र पुर्वाआधार बिकास तर्फ ११ गरि जम्मा ३१ वटा वडास्तरिय योजनाहरु सार्बजनिक गरेको हो ।

गतबर्षमा देखिएका बिकास निमार्ण सम्बन्धीका समस्या नदोहोरिउन र सबै उपभोक्ताहरुलाई योजनाहरुका बारेमा जानकारि गराउन पत्रकार सम्मेलन मार्फत योजनाहरुको सार्बजनिकिरण गरेको वडाअध्यक्ष लोक बहादुर भण्डारीले बताउनुभयो ।

पार्दशिता र स्पष्टताको सवालमा वडा न ९ पाटन नगरपालिका भित्रकै नमुना वडाको रुपमा रहेकोले आर्थिक बर्षको योजना निमार्णका लागि सोचे अनुरुपको बजेट बिनियोजन गराए वडालाई जनचाहान अनुसार सम्बृद्ध बनाउन आफु अग्रसर रहेको उहाले दाबि गर्नुभयो ।

वडा न ९ मा गरिएको योजनाको सार्बजनिक सुनुवाइ र पत्रकार सम्मेलनमा उपभोक्ताहरुले दक्षताका आधारमा योजना निमार्णका लागि समिति गठन, आवश्यकताका आधारमा बजेट बिनियोन र छिटो छरितो योजना निमार्ण गर्ने समितिलाइ सम्मान गर्न निर्णय गर्न माग राख्नुभएको छ ।

जबाफमा वडा नं ९ का अध्यक्ष एवम नगर प्रवक्ता भण्डारीले बोल्दै वजेट विनियोजनले विकास नहुने भन्दै उपभोक्ताहरुले पनि विकास निर्माणका कार्यगर्दा इच्छा शक्ती राखि बिगतमा भएका कमीकमजोरिलाइ सच्याएर आगामि दिनमा काम गर्नु पर्ने बताउनुभयो ।

वडा कार्यालयले आज गरेको योजना सार्बजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा सहभागिहरुले जिल्लाका ८४ वडा मध्ये योजनाहरुको सार्बजनिक गरि पत्रकार सम्मेलन गर्ने जिल्लाकै पहिलो वडाको रुपमा ९ नम्बर वडा रहेको छ ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नगरप्रवक्ता समेत रहनुभएको वडाअध्यक्ष भण्डारीले यो आर्थिक बर्षमा दिगो बिकास निमार्णका योजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटलाइ टुक्रा टुक्रा नगरि आवश्यक्ताका आधारमा बजेट छुट्याइ उल्लेखनिय काम गर्न वडाले दक्ष जनशक्ती खटाउने पनि बताउनुभयो । वडाले आर्थिक बर्षको बिकास निमार्णका लागि १ करोड २९ लाख १६ हजार बजेट बिनियोजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: