पाकिस्तानमा भारतीय च्यानल बन्द

मा प्रकाशित


काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।

मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी एक रिटमा आफ्नो आदेश दिएका हुन् ।

उनले भारतीय कार्यक्रम प्रसारण बन्द गर्ने आदेश दिँदै भनेका छन्, ‘उनीहरू हाम्रो संविधानको उल्लंघन गर्न र गराउन चाहन्छन्। के हामी उनीहरूका टिभी च्यानलमा प्रतिबन्धसम्म लगाउन सक्दैनौँ ?’ रिपोर्ट अनुसार न्यायाधीशले सम्बन्धित अधिकारीहरूले केबल पाकिस्तानको संविधानले मञ्जुर दिने सामाग्री मात्रै प्रसारण गर्न पनि भनेका छन् ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेम्रा) ले सन् २०१६ मा स्थानीय टिभी र एफएम रेडियो च्याननलमा भारतीय कार्यक्रमको प्रसारणमा पूर्ण प्रतिबन्ध लगाउने आदेश दिएको थियो ।

यस आदेशलार्इ भारतीय मनोरञ्जन उद्योगद्वारा पाकिस्तानी कार्यक्रम र कलाकारमाथि प्रतिबन्ध लगाउने आदेशको जवाफका रूपमा लिइएको थियो । त्यसपछि सन् २०१७ मा लाहौर उच्च न्यायालयले पेम्राद्वारा लगाएको प्रतिबन्धलार्इ अर्थहीन र निर्थक बताउँदै हटाइदिएको थियो । उच्च न्यायालयका अनुसार केन्द्र सरकारलार्इ यस मामिलामा कुनै आपत्ति थिएन । अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: