पत्रिका जलाएकोप्रति राप्रपाकाे विरोध

मा प्रकाशित


बैतडी । कैलालीको अत्तरियामा नागरिक र कान्तिपुर दैनिक पत्रिका जलाएकोमा राप्रपा सुदूरपश्चिमले प्रेस विज्ञप्ति मार्फत विरोध जनाएको छ । जनतालाई सूचना प्रवाह गर्दै अाएका देशका दुई प्रतिष्ठित पत्रिका जलाउनु निन्दनीय र घृणित कार्य भएको जनाउदै विज्ञप्तिमा दाेषीलाई कार्वाहीकाे माग समेत गरिएको छ ।

राप्रपाका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम समितिका प्रवक्ता हेमबाबु लेखकद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- ‘अान्दोलनका नाममा जनतालाई सूचना प्रवाह गरिरहेका स्वतन्त्र प्रेसका संवाहकका रुपमा स्थापित पत्रपत्रिका जलाउने कार्यबाट अान्दोलनकारीहरुले आफ्नो गैर प्रजातान्त्रिक र हिंस्रक चरित्र देखाएको हाम्रो ठहर छ ।’

नेता लेखकद्वारा जारी विज्ञप्तिमा, प्रजातन्त्रमा विरोध जनाउने अन्य उत्कृष्ट एवं तमाम बाटाहरु भएको उल्लेख गर्दै यसप्रकारका निकृष्ट तथा उद्दण्ड कार्यले समाजलाई नकारात्मक साेच र नकारात्मक दिशावाेध गर्ने भएकोले यस्ता कार्य तत्काल राेक्न सम्बन्धित सबैमा अपिल समेत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: