दशै: बाली, भेटघाट र कृतज्ञताको पर्व !

मा प्रकाशित


राजेन्द्र सिंह भण्डारी

नेपालमा मनाइने विभिन्न चाँडपर्वहरु मध्ये दशैँपर्व सबैभन्दा स्वीकार्य र बहुमत नेपालीहरुले मनाउने पर्व हो। नेपाली सेनाले फूलपातीको दिन गर्ने हर्ष बढाईले राज्य एकिकरण समयपछि यो पर्व जनस्तरमा झाँगिदै गएको र सरकारले पछिल्ला समयहरुमा कमै महत्व नदिए पनि जनस्तरमा यो पर्वको महत्व घटेको छैन। दशैं पर्वमा खासगरी शक्तिको पूजा गर्ने, बाली भित्र्याउन पाएकोमा खुसीको उत्सव मनाउने, बाली भित्र्याउनमा अदृश्य दृश्य देवताहरुले निभाएको भूमिका प्रतिको कृतज्ञता, पूर्वजहरुको मार्गदर्शनको स्मरण, पारिवारिक भेटघाट, आगामी दिनहरुपनि यस्तै खुसीकासाथ वित्दै जाँउन भन्ने अग्रजहरुको आशीर्वाद पाउनका लागि, रमाइलो खानपानको गर्न मनाइने गरिन्थ्यो भने कालान्तरमा पछि अहंमताको शमन गर्न प्रेरणा दिने, असत्य माथि सत्यको विजय, अन्याय विरुद्ध न्यायको विजय, रावणमाथी रामको विजयका रुपमा समेत मानिदै आएको छ।

हिन्दु धार्मिक स्रोतहरुमा नवदुर्गा भन्नाले शैलीपुत्री, ब्रम्हचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीदात्रीको नामले चिनिन्छ। पूजाआजा, भक्ति, आशीर्वाद र शक्तिप्राप्तिका लागि गरिने यो पर्वमा नवदुर्गाको क्रोधितरुप कालीलाई भगवान शिवकी आदि शक्तिका रुपमा मानी घटस्थापना देखि नवमीसम्म घर तथा विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ भने शक्तिपीठमा खासगरी हिन्दुहरुका आराध्यदेव भगवान शिवजीका प्रथम पत्नी सतीदेवीका अङगपतन भएका स्थानमा रहेका देवीका मन्दिरहरु: सतिदेवीको दाँतपतन भएको धरानको विजयपूरमा रहेको दन्तकाली, गुह्यपतन भएको काठमाण्डौको गुहेश्वरी, जिब्रो पतन नेपालगन्जको वागेश्वरी, भाल(निधार) पतन भएको काठमाण्डौ चन्द्रागिरी छन।

नेपालका हिन्दु धर्मावलम्बीहरुले दशैमा नवदुर्गाको पूजा गर्ने हुदाँ शक्तिको पर्यायवाचीको रुपमा समेत यो पर्वलाई स्वीकार गरिन्छ। राज्य एकिकरण वा विस्तार गर्दा हिसां भएकै हुदाँ अझै सम्मपनि कतिपय समाजमा शक्ति प्राप्त गर्न बली वा हिसांको जरुरत पर्दछ भन्ने पुरानो विश्वासका कारण पनि निरन्तरता दिएको हुनुपर्छ। हिन्दु धार्मिक स्रोतहरुमा नवदुर्गा भन्नाले शैलीपुत्री, ब्रम्हचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धीदात्रीको नामले चिनिन्छ। पूजाआजा, भक्ति, आशीर्वाद र शक्तिप्राप्तिका लागि गरिने यो पर्वमा नवदुर्गाको क्रोधितरुप कालीलाई भगवान शिवकी आदि शक्तिका रुपमा मानी घटस्थापना देखि नवमीसम्म घर तथा विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ भने शक्तिपीठमा खासगरी हिन्दुहरुका आराध्यदेव भगवान शिवजीका प्रथम पत्नी सतीदेवीका अङगपतन भएका स्थानमा रहेका देवीका मन्दिरहरु: सतिदेवीको दाँतपतन भएको धरानको विजयपूरमा रहेको दन्तकाली, गुह्यपतन भएको काठमाण्डौको गुहेश्वरी, जिब्रो पतन नेपालगन्जको वागेश्वरी, भाल(निधार) पतन भएको काठमाण्डौ चन्द्रागिरी छन।

नेपाल भरीका विभिन्न स्थानहरुमा जस्तो ताप्लेजुङगको पाथिभरा, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई, काभ्रेको पलान्चोक भगवती (नक्साल भगवती र शोभा भगवती दिदि बहिनी मानिएको), नवलपरासीको दुम्किवासकी दाउन्नेदेवी, गोरखामा मनकामनादेवी, वागलुङमा कालिकादेवी, भोजपुर र संखुवासभामा सिद्धकालीदेवी, धनकुटाको छिन्ताङदेवी, रामेछापको खाँडादेवी, विराटनगरको रङगेलीमा कालीदेवी, मोरङगमै संसारी माईस्थान, सप्तरीको भारदहमा कङकालीनी माई, राजविराजमा रहेको राजदेवी, कमलानदीको किनारामा रहेको कमलामाई, उदयपुरमा पन्चकन्या भगवती, सुदूरपश्चिमका बाजुराका बडीमालिका, कैलाली घोडाघडी, सुर्खेत देउतीवज्यै, सल्यानमा खैराबाङ भुवनेश्वरी, डोल्पामा बाला त्रिपुरासुन्दरी, मुगुको ऋणमोक्ष भगवती, दैलेखका विन्दासैनी र कालिकादेवी, डोटी शैलेश्वरी, डडेल्धुरामा उग्रतारा, बैतडीको पाटनमा कालीकादेवी, देहीमाण्डौमा निङगलासैनी, डिलासैनी, त्रिपुरासुन्दरी र भारतको विभिन्न ठाँउमा समेतमा देवीस्थानहरु स्थापित छन।

देवीहरुको उत्पत्ति र पूजापद्धतीहरुको अवधारणागत व्याख्या समाजै पिच्छे आ-आफनै खालका भएपनि स्थानानुसारका किवदन्ती र जनश्रुर्तिहरुमा: कुनै ठाउँमा आफनै जातका अति शालिन कन्या वा नारीको असामयिक मृत्युपछि देवीको रुपमा प्रगट भएको मान्यता छ भने कुनैठाउँमा ती स्थानका विभिन्न जातका पुरुष पात्रलाई सपनामा म देवीशक्तिका रुपमा यहाँ बस्न चाहान्छु मन्दिर बनाएर पूजा चलाउ भनेकाले मन्दिर बनाइएका र कुनै ठाउँमा दुधालु गाँई आफै गएर कुनै प्रश्तर ढुगाँमा वा गोप्य गाथमा आफै दुध दिने हुदाँ त्यही देवीलाई स्थापित गराइएको जनश्रुर्तिहरुमा वर्णन छन ।

विभिन्न मठमन्दिरहरु र देवीदेवताको पूजागर्ने व्यक्ति छनौटको पछाडी आचरण र सदाचारमा जीवन जीउने, आध्यात्मिक धार्मिक पूर्वाधारमा जीवन समर्पण गराउन सक्ने, प्रकृतिका शुद्ध अपयवसँग साकार साक्षात गर्नसक्ने, मूल र शुद्धतालाई चिन्नसक्ने, गाँउ समाजको भद्र इमान्दार जेष्ठ सदस्यलाई पुजारीको रुपमा मान्यता दिने वैदिक आर्यखसहरुको परम्परा रही आएको र व्रम्हको ज्ञान भएको व्यक्तिलाई व्राह्मण भनिएकोले सोही ब्राह्मणले नवदुर्गा वा अन्य पूजास्थलमा पूजा चलाउने वा पुज्ने त्यस्तो व्यक्ति जुनसुकै जातीको पनि हुनसक्ने, कही स्थानानुसार जातीय प्रभुत्वका कारण सोही जातीको पूजारी हुने स्थानीय प्रभूत्व समेत झल्किन्छ। अधिकाशं मठमन्दिरमा हिन्दु वैदिक आर्यखस जातीका ब्राह्मणहरुले पूजा गर्ने भएपनि केही ठाउँमा जस्तो गोर्खाको मनकामना र सुर्खेतको देउतीबज्यै मन्दिरमा मगर, बाराको गढीमाईमा चौधरी, वाग्लुङ कालिकादेवीमा खडका, काठमाण्डौ गुह्येश्वरीमा कर्माचार्य पुजारी हुनुले जातीय प्रभूत्वता देखाउँछ भने कतै आजभोली क्रान्तीकारी कदमहरु पनि चलेको देखिन्छ जस्तै ‘रुकुमको गरायला २ स्थित क्षेत्रीगाँउको शिवालय मन्दिरमा १९ वर्षिय अम्मर कामी २ वर्षदेखि पुजारी भएका उदाहरण पनि छन।

नवदुर्गा र शक्तिकी देवी सारमा एउटै भएपनि शब्दमा काली पनि भनिने काली भन्नाले “कालकी स्वामिनी” भन्ने वुझिन्छ। कालद्धारा नै श्रृष्टी, स्थिति र प्रलय भइरहेका छन त्यस्तो काल पनि जसको आज्ञापाएर मात्र कार्य गर्न समर्थ हुन्छ। ‘कालसङर्षणात् काली कालग्रासं करोत्यत’ अर्थात काललाई समेत निल्ने हुनाले नै उनलाई “काली” भनिएको हो। त्यस्तै महाभारतमा “कालःपश्चन्ति भूतानी कालः समहरते जगतकालः सप्तेषु जागर्ति कालो ही दुरतिक्रमः” भूत भौतिक जगत सवैलाई कालले पकाउछ, वुढोपार्छ, कालले मार्छ, कोही निदाई रहे पनि काल जागी रहन्छ काललाई जित्न गाह्रो छ। ब्रम्हा विष्णु रुद्र ईश्वर सदाशिव आदिलाई अनन्त आयु भएका यी सवैलाई कालले सिद्ध्याउँछ तर यस्तो जवर्जस्ती काललाई पनि जसले सिध्याउछ तिनैलाई कालि वा कालिका भनिन्छ भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ। यस अर्थमा काल पुरुष शक्ति र स्त्री शक्तिको स्रोतको रुपमा, पुलिङग काल र काली स्त्रीलिङगको रुपमा, काल शक्ति र काली सो शक्तिको स्रोतको रुपमा, स्मरण गरिएको हुनुपर्छ ।

मानव विकास र विस्तारलाई वैज्ञानिक र सामाजिक विकासको दृष्टीकोणबाट विश्लेषण गर्दा जगंली, शिकारीयुग, कृषियुग, दासयुग, औधोगिक युग हुदै सुचना र संचारको युगसम्ममा मानव सभ्यता विकास र रुपान्तरण हुदै आएको छ। कृषियुगमा किसानहरुले वर्षभरी नै कठोर श्रम गर्नुपर्दथ्यो अहिलेका जस्ता वैकल्पिक वा अन्य वस्तु तथा खाधपदार्थहरु र संसारका जहाँसुकैबाट प्राप्त हुनसक्ने अवस्था थिएन। आफनो राज्य आसपासका छिमेकीहरुबाट सुरक्षित महशुस भएकोमा, राज्य विजयको खुसियालीमा, वर्षभरीको वाली भित्र्याउन पाएको खुसी हर्षमा, उत्सवको रुपमा कठोर श्रमबाट फुर्सद निकालेर खुसीयाली मनाउनु, मनोरन्जन, आमोदप्रमोद मनाउन पहिलो बाली भित्रिने चैत महिनामा र पछि धानबाली पाक्ने असोज-कात्तिकमा दशैँ भनेर चाडपर्व मनाउन थालिएकोलाई अन्यथा भन्न सकिदैन। कृषियुगमा बालीनाली थन्क्याउनु, फलफुल, दही, दुध, जाँड, रक्सी माछामासु आदी साटासाट गरेर वा किनेर खानु, एकठाँउमा भेलाभई एकता र सदभाव कायम गर्नु, रमाइलो गर्नु, फर्सदको बेला टाढाका आफन्तसँग भेटघाट गर्नु, समग्र प्राणीलाई अन्न, फलफूल, दुधदहीको माध्यमबाट जीवन बचाउने धर्तिमाता वा पृथ्वी तत्वप्रति कृतज्ञता वा सम्मान गर्नु नै दशैंको मनाउनुको उद्देश्य मान्न सकिन्छ।

समयक्रम सँगै जब जनसंख्या वृद्धी हुदै खाध्यान्नको अभाव हुनगई आफना घरका सन्तानहरुको जीवन निर्वाह सगैँ बसेर हुन नसक्ने स्थिति आयो (आज अमेरिका युरोप र खाडी मुलुकमा गए जस्तै) त्यो बेला एकदुई दिन देखि हिडेर हप्तादिन लाग्ने ठाउँसम्म नातेदार फैलिएका हुन्थे र तव आफन्तहरु छुट्टिने, टाढाटाढा बस्ती विस्तार गर्नजाने क्रमवृद्धी भई राम्रा उब्जनी हुने नदी किनार, जिउला, फाँट ठाँउतिर मान्छेहरु वसाई सर्दै गए। सन्तान आफन्तहरु टाँढिदै गएपछि भेटहुन समेत मुश्किल हुने अवस्था आयो। वर्षभरीको खेतीकृषीको काम, घरधन्दाको कार्यले फुर्सद नहुने भएकाले कम्तिमा वर्षको एकदुईचोटी भेट गर्ने संस्कार आचरणहरु निर्धारण गरिए त्यसरी नै दशै जनमानसमा भिज्दै नेपाल राष्ट्रको पर्व हुन गएकोमा दुईमत नहोला।

वर्षभरीको परिश्रमबाट उब्जेका बाली भित्र्याई आफना अग्रजहरु कहाँ भेला भई राम्रा पकवान कोसेली ल्याई मिलेर वाँडीचुडी खाने, बर्षभरीका सुखदुखका कुरा सुनाउने घरमा नयाँ सदस्य थपिएमा चिनजान गराउने, भावी वर्षका योजना बनाउने, त्यसमा अग्रजहरुबाट राय-सल्लाह सुझाव लिने, सफलताको आशिर्वाद लिने चलन चल्दैगए। आफन्तहरुबाट छुट्टिने बेला टिका लगाएर छुट्टिने, भेटदा पनि टिको लगाउने यो एउटा भेटमा खुसीमा मन बाँध्ने र विदाईको दुःखमा मन वाँध्ने परम्परा वसेको हुनुपर्छ। टिकोमा चामल र दही लगाउनुको पनि आफनै महत्व रहेको छ। रातो वा सेतो रङग नै किन? यसको पनि आफनै अर्थ र व्याख्या होला तर चामल जमीन मुनीको मुसा देखि आकाशमा उडने पंक्षी र मान्छेहरुको प्राण थाम्ने बालीको फल, पसिनाबाट उब्जेको उत्पादन, श्रमको चिन्ह वा प्रतिक समेत हुदाँ यसलाई निधारमा टाँस्नु भनेको त्यसको सम्मान गर्नु हो।

खसआर्य संस्कृतिमा कृषियुगको मूल आधार वा साधन गाईलाई मानिन्छ जो पञ्चतत्व मध्येको पृथ्वी तत्व मै आश्रित हुन्छ र जसले गोरु जन्माउछ गोरुले खेत जोत्न मद्दत गर्छ मल गोबर समेत दिन्छ। गाईले दुध, गोबर, गहुत दिन्छ दुधबाट दही ध्यु उत्पादन भई गोरस पाइन्छ। गाईबाट पाईने यी तत्वलाई “पञ्चगव्य” मानी मृत्यु भएका पितृ तथा देवताहरुको पूजामा शुद्धिका काम गरिन्छन। त्यस्तै सेतोरङग शान्तिको रङग हो चामल र दहीको पनि त्यही रङग हुन्छ भने रातोरङग रगतको, जीवनको, प्रेम र विरताको समेत हुनाले निधारमा लगाउने चलन एवं मान्यताहरु शुरुभए। फूलहरुमा सयपत्री, मखमली, बाबरी गुणयुक्त र अजम्मरीका प्रतिक (राज्यको लागि लडाई काटमार हुने आफन्त गुमाउदाँको पीडा हुने हुदाँ) दीर्घायुको कामनाका लागि अग्रजहरु जो दीर्घजीवी थिए वहाँहरुबाट आशिर्वाद थाप्न टिका लगाउने चलन चल्दैगए। त्यसपछी जमरा जो पौष्टिकताले भरिपूर्ण, जीवन निर्वाहको माध्यम जौ अन्नबाट उत्पादित स-साना विरुवा लगाई कृषियुगको संघर्षको प्रतिकको रुपमा, धर्तिमाताको सम्मान स्वरुप, प्रतिकात्मक रुपमा जमरा लगाउन थाले। बलिराजा र यमराजाको कथालाई बाहेक गरेको खण्डमा तिहार पनि बालीपर्व र आफन्तसँगको मिलनको पर्व हो, काग कुकुर गाई, पशुपंक्षीहरुको गुण र योगदान प्रतिको समर्पण र कृतज्ञता सम्मानको लागि हो। जीवनको प्राण धान्ने भूमी वा धर्तिमाता वा पृथ्वीतत्वको “सम्मान” गर्न पूजा पद्धतिहरु आविष्कार भए। पूजामा अखण्डको भावले पृथ्वीतत्वबाट प्राप्त पञ्चगव्यहरु, अन्न, फलफूलहरु, वृक्षका पातपतिङगरहरुले भूमीको सम्मान पूजागर्ने पद्धति विकास भई पृथ्वीबाट उत्पादित बस्तुहरु दृश्य अदृश्य निर्जीव निराकार देवी-देवतासँग जोडी भोग लगाउने परम्पराहरु समेत चले चलाइए।

अन्तमा कतिपय शास्त्रहरुका कथा कसैका लागि कथा कसैका लागि मुटुका व्यथा पनि हुदै गएको हाम्रो समाजमा जंगली र शिकारीयुगबाट थकित मानव कृषियुगमा पुग्दा शान्ति, समृद्धी दिर्घायुबाट लाभान्वित भयो। कृषि उपजकै वस्तु उत्पादनले भूमी प्रतिको अनुग्रह देखि बालीपर्वको उत्सव मनाउन व्यस्त भएको मान्छेले राज्यविस्तारको लडाईमा आफन्तहरुको विछोड र हृदयको मर्मलाई मेटाउन मानसिक रुपमा दिर्घायु हुन र आफन्त तथा उत्तराधिकारीको चिन्ताले टिकाको माध्यमले अग्रजहरुबाट आशिर्वादका कामना प्राप्तगरे। कृषियुगको प्रतिक पसिना जो चामलबाट झल्किन्छ भने पाचनक्रियाको लागि हितकारी दही, पौष्टिकताको प्रतिक जौ को जमरा, दिर्घायूको लागि सयपत्री मखमली फूलको माला, र जीवन, प्रेम, विरताको रङग रातो मिश्रणको माला र टिकाले कुन त्यस्तो चीज वाँकी रहला ? कुन क्षेत्र नसमेटिएला कसको कृपाको अनादर होला?

दशैमा दुर्गापूजा नै किन? भन्ने सन्दर्भमा प्राचीन समाजका ऋषिमुनी पुरोहितहरुले शिवजीकी पत्नी पार्वतीकै अर्कोरुप वा शक्तिको प्रतिकतात्मक रुप दुर्गालाई मान्दथ्ये। दुर्गालाई नवदुर्गाको नामले चिनाई विभिन्न रुपले सौर्य, शक्ति र कामनासँगको सम्बन्ध देखाइ शक्तिको स्रोतका रुपमा तत्कालिन समाजमा राज्य विस्तार र सुरक्षाको लागि आवश्यक महशूस गरिने वा प्रकृति धर्ति मातासँग समेत तुलना गरिने, प्राणीहरुको उत्पतिका आधार र विनासको कारण वा विनास भएपछि सोही तत्वमा समागम हुने भएकाले मानव जीवन धर्तिविना असंभव हुने हुदाँ प्रकृतिलाई स्त्री-शक्ति, जीवजन्तु तथा जडवस्तुको उत्पादन पृथ्वीबाटै र मानवजीवको उत्पत्ति स्त्री नारीबाट हुने भएकाले जीव निर्जीवहरुको श्रोतको कृतज्ञता नै समग्रमा दशैपूजा हो।

शक्तिको प्रकृति अभिमान वा घमण्डमा आधारित हुने त्यसैलाई नियन्त्रण गर्न वा अहंमताको निराकरण गर्न अहंमताको प्रतिक सिहं र त्यसलाई संयमित बनाउने काम दुर्गाले गर्ने हुदाँ शेरमाथी दुर्गाको सवारी गराईएको हुनुपर्छ नत्र कुनै साधारण नारी सिहंमाथि सवार हुन सक्ने संभावना नै रहदैन। जीवित प्राणी, वनस्पति, पशुपंक्षी सबैको जीवनको आधार धर्तिमाता नै हुन भने करुणाकी प्रतिमूर्ति धर्तिमाता प्रति कृतज्ञता अर्पण गर्न वा गुणको सम्मान गर्न भूमी पूजाको प्रतिक धर्तिको पूजा र अंहमताको जो मानव भित्रको रोग हो त्यसको समाधान शक्तिको स्रोत धर्तिको पूजा गर्ने प्रणालीको विकास र विस्तार भएको हुनुपर्छ। यो भन्दा अर्को तर्कयुक्त आधार अरु के होला?

महाभारतमा “सुरा मत्स्याः प्रशोमासं दविजातिनां बलिस्तथा धूर्तः प्रवर्तितं चैतन्नैत देवेदेषु कथ्येते” अर्थात मदिरा माछा मासु दविजको बलि जस्ता कार्यहरु धुर्त फटाहाहरुले आफनो स्वार्थसिद्ध गर्न शुरु गरेका हुन वेदहरुमा यसको विधान छैन भनिएको छ भने देवीलाई के को बलि दिउ भन्दा “अश्व नैवच गज नैवच व्यग्रा नैवच नैवच अजापुत्र ददाधि दैवो दुर्वल घातक्” (घोडा हाती वाघको बलि दिउ भन्दा हैन बाख्राको पुत्रको बली भएपुग्छ) भन्नुले ? अर्थात दैवले पनि दुर्वल जो छ त्यसैको अहित गर्ने बलि गराउने रहेछ ? यो कस्तो ? भोग पूजा वा मनशान्तिको उपाय ? यसको कुनै वैज्ञानिक कारण र आधारहरु भेटिदैनन। संस्कृतिको नाममा धेरै विकृतीहरुलाई आज सम्म बोकी राख्नु वुद्धिमानी कार्य होइन। संस्कारहरुले पनि कालान्तरमा पाखण्डहरु निर्माण गर्ने र परिवर्तन र सुधारको अग्नीमा नजल्ने प्रथा परम्पराहरुबाट समाजले अग्रगामी नयाँ समाज र सभ्यताको जग बस्न सक्दैन। हाम्रा कितपय विरालो बाध्ने परम्पराहरुको अनुकरण गर्दै मासुखान, पशुपंक्षीहरुको बली भोगलगाई देवीदेवता वा असूर खुसी पार्ने पर्वको रुपमा बुझेको पाइन्छ त्यतिले मात्रै दशैको आधार र औचित्य पुष्टी गर्न पर्याप्त हुदैन। दशैलाई इतिहासको गौरव, सदभाव सहअस्तित्वको सम्मान, धर्तिमाता प्रतिको कृतज्ञता र अग्रजहरुको संरक्षण र प्रेरणाको आधारको रुपमा बुझ्न सके जीवन सार्थक हुने थियो की…….?

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: