जीप दुर्घटनामा परी डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु

मा प्रकाशित


काभ्रे । जिल्लाकाे मण्डनदेउपुर नगरपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको मृत्यु गएको छ । भण्डारीको धुलिखेल समुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसहित दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि दुर्घटनामा रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको मृत्यु भएको थियो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको धुलिखेलमा उपचार भइरहेको छ । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: