आलितालमा पहिलोपटक साईकल

मा प्रकाशित


डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशमा साईकल पर्यटनको सम्भावना अध्ययन र यस क्षेत्रको पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार गर्ने उद्देश्य अनुरुप कंञ्चनपुरको पुनर्वास क्षेत्र बाट सुरु गरेको ३ जना साईकल यात्रीहरुले डडेल्धुराका विभिन्न पर्यटकिय गन्तव्यहरुको भ्रमण गर्दै शुक्रबार आलिताल पुगी साईकल बाटै ताल परिक्रमा गरि आलितालमा साईकल पुर्याउने पहिलो समुह बनेको छ ।

कैलालीका भरत शाह, कञ्नपुर पुनर्वास घर भै हाल पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत तिर्थ अवस्थी तथा कास्की पोखराका युधिर गुरुङ्गको समुहले यस प्रदेशको विभिन्न पर्यटकीय गन्तव्यहरुको भ्रमण गर्दै आलिताल सम्मको यात्रा गरेका थिए भने उक्त समुह लाई आलिताल परिसरमा आलिताल गाँउपालीकाका उपाध्यक्ष जला देवी बोगटी, प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोका, वडा नं.३ का वडा अध्यक्ष लोकेश साउद लगायत स्थानीयहरुले फुल माला सहित स्वागत गर्नु भएको थियो ।

साईकल यात्रीहरुले आलिताल सबैको लागी उत्कृष्ठ गन्तव्य रहेको भएता पनि साईकल यात्रीहरुको लागी झनै उत्कृष्ठ रहेको भन्दै स्वदेश तथा विदेशका कतिपय तालहरुमा साईकल यात्रा गरे पनि यो तालको किनारामा साईकल चलाउनुको मज्जा नै उत्कृष्ठ रहेको भन्दै र यसको ब्यापक प्रचार प्रसारका लागी कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

पछिल्लो समयमा भौतिक पुर्वाधारहरु थपिएको ताल क्षेत्रमा आगामी दिनमा आउने पर्यटकहरु लाई निमन्त्रण दिदै हार्दिक स्वागत गर्ने उपाध्यक्ष बोगटीले बताउनुभयो भने प्रमुख प्रशासकिय अधिकृत रोकाले आलिताल गाँउपालिकाको मुटुको रुपमा रहेको र यस पालिकाको प्रमुख आयश्रोतको रुपमा लिन सकिने आलिताल र यस क्षेत्रको पर्यापर्यटनलाई आधार बनाएर गाँउपालीकाको निति तथा कार्यक्रममा प्रमुख एजेण्डाको रुपमा अगाडी बढाएको सन्दर्भमा साईकल यात्रीको आगमनले यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने बताउदै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

ताल भ्रमण पश्चात आलिताल गाँउपालीकाको तर्फबाट साईकल यात्री लाई पालिकाको सभाकक्षमा फुलमाला, खादा तथा मायाको चिनो सहित सम्मान तथा विदाई गरेको थियो भने साईकल यात्रीहरुले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी ईमान्दारिताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: