वडा अध्यक्षले गरे आफ्नो तलबबाट अक्षयकोषको स्थापना

मा प्रकाशित


बैतडी ।

पाटन नगरपालिका वार्ड नं ९ को सिदेश्वर मावि हुक्के डाडाँमा “वडा अध्यक्ष“ नामक अक्षयकोष स्थापना गरिएको छ । कुसे औँसिको अवसरमा विद्यालयले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी भई पाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले अक्षयकोष स्थापना गरेका हुन् ।

अध्यक्ष भण्डारीले आफ्नाे एक महिनाको तलब जम्मा गरि “वडा अध्यक्ष “ नामक अक्षयकोष स्थापना गरेको जानकारी दिए  । कोषको रकम बाट आउने ब्याजले विद्यालयको बार्षिकोत्सब तथा अभिभावक दिवसका दिन उत्कृष्ट, गरिब तथा जेहेन्दार  बिद्यार्थीलाई पुरुस्कार दिने उदेश्यले कोषको स्थापना गरेको वडा अध्यक्ष भण्डारीले बताए ।

यो पुरस्कारले  बिद्यार्थीको पढाईमा उच्च मनोबल पुगि शैक्षिक गुणस्तरमा वृद्धि हुने अपेक्षा लिएको अध्यक्ष भण्डारीले बताए ।  यस्तै वडामा रहेका अन्य तीन विद्यालयमा पनि एक एक महिनाको तलवले अक्षय कोष स्थापना गर्ने याेजना रहेकाे  अध्यक्ष भण्डारीले जानकारी दिए । 

कुसे औँसिको अवसरमा सिदेश्वर मावि हुक्केडाँडाले ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान समेत  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: