प्रहरी जवानलाई किन बर्खास्त गरेको भन्दै एसएसपी र एसपीका नाममा कारण देखाऊ आदेश!

मा प्रकाशित


बैतडी ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सुझाव पठाए पछि जागिरबाट निकालिएका प्रहरी जवान दीपेन्द्र चन्दले अदालतमा मुद्दा दर्ता गरेका छन् ।

आइजिपीलाई पत्र पठाएपछि डीएसपी वीर बहादुर बुढा मगर को हातबाट कुटाइ खाएका र पछि कुटाइ खाए भनी मिडियामा समाचार प्रकाशित गराउँदा यस्तो समाचार प्रकाशित गरि सङ्गठनको बदनाम गराएको भनी नोकरीबाट हटाइएका प्रहरी जवान चन्दले उच्च अदालत दिपायलमा रिट दिएका हुन् ।

जागिरबाट हटाउने निर्णय बदर गरि पुनर्बहाली गर्न परमादेश जारी गरि पाउ भनी चन्दले रिट दिएका हुन । रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश नसरुल्लाह अन्सारीको एकल इजलासले आदेश विपक्षी जिप्रका कैलालीका एसपी बिनोद घिमिरे र सङ्घीय प्रहरी  इकाई कार्यालय कैलालीका एसएसपी हरिराज वाग्लेलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: