प्रधानमन्त्री अमेरिका प्रस्थान, कार्यवाहक प्रधानमन्त्री पोखरेल

मा प्रकाशित


काठमाडौं । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्नेछन् भने महासभा मंगलबारदेखि सुरु हुँदैछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: