पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक पक्राउ

मा प्रकाशित


बैतडी ।

पाटनमा पैदल यात्रुलाई ठक्कर दिएर फरार बस चालक धन बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ ८:३० बजे पाटन-०६ खिपाली बस्ने बलदेव अवस्थीलाई ठक्कर दिएर फरार रहेको आरोपमा शनिबार कंचनपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । धामीले चलाएको ना ७ ख ३१२६ नम्बरको बसलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

धामीले अवस्थीलाई ठक्कर दिएर आफैले प्रहरीलाई खबर गरि कसैले ठक्कर दिएका एक जना घाईते छटपटाई रहेका छन् भनि दुर्घटनाको दिन उम्किन सफल भएका थिए । धामीले आफुले नै ठक्कर दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घाईते अवस्थीको उपचारका क्रममा दुर्घटना भएकै दिन मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकलाई समात्न नसकेको भन्दै शुक्रबारका दिन स्थानीयवासी आन्दोलित भएका थिए ।

पक्राउ परेका धामीलाई सवारी ऐन अनुसार कारबाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: