पाटनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

मा प्रकाशित


बैतडी ।

बिजया दशमीको अवसरमा बैतडीको पाटनमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

पाटन नगरपालिका वडा नं ६ बिष्टेउडा, भण्डारीगाउँका युवाहरुले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिता प्रतियोगिता यही असोज २५ र २६ गते हुने आयोजक मध्येमा एक युवा पंकज भण्डारीले जानकारी दिनुभयो ।

हिन्दू नेपालीहरुको महान चाड बिजया दशमीको अवसर पारेर शुभकामना आदान प्रदानका लागि प्रतियोगिता राखिएको उहाँले बताउनुभयो ।

सहस्रलिंग मन्दिर नजिकै रहेको खेल मैदानमा सञ्चालन हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मुकेश ऐरले बताउनुभयो । आयोजक युवाहरुले उक्त मन्दिरमा रहेको खेल मैदानलाई आफ्नै लगानीमा स्तारोंनती गरेको समेत उहाले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगिता टिम दर्ताको कार्य भइरहेको आयोजकले जनाएको छ । साथै जिल्ला भित्र रहेका खेलाडीहरुले टिम बनाएर उक्त प्रतियोगितामा भाग लिन समेत अनुरोध गरेको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुने टीमलाई बोका, द्वितीय हुने टीमलाई कुखुराको भाले तथा तृतीय हुने टीमलाई ब्रोएलर कुखुरा प्रदान गरिने पंकज भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउनका लागि आयोजकले सबै खेल प्रेमीहरुमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: