निलम्बित एसपी डिल्ली विष्टको डीएनए परिक्षण सुरु

मा प्रकाशित


काठमाडौँ । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा निलम्बित एसपी डिल्ली विष्टको डीएनए परिक्षणका लागि नमूना सन्कलन गरिएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमुना संकलन गरेर प्रहरीलाई बुझाएका छन् ।

मृतकको योनीबाट लिइएको ‘स्वाब’को डीएनए परिक्षणमा भेटिएको पुरुषको डीएनए अभियुक्तका रुपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसँग नमिलेका कारण उनलाई छाडिएको २ दिनपछि निलम्बित एसपी विष्टको डीएनए परीक्षण गर्न लागिएको हो। बिष्टका छोरा र अन्य आरोपितको पनि डीएनए परीक्षण हुने भएको छ ।- एभरेष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: