धनगढीका मेयर वडलाई कारवाही गर्न माग गर्दै सांसदले दिए उजुरी

मा प्रकाशित


कैलाली ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई कारवाहीका लागि प्रदेश सांसदले उजुरी दिएका छन ।

प्रदेश ७ का २० जना सांसदहरुले विहिवार जिल्ला प्रशासन कार्यालय कैलालीमा वडलाई कारवाही गर्न माग गर्दै सयुक्त रुपमा उजुरी दिएका हुन ।

धनगढीबाट राजधानी सारिए सांसद भवनमा आगो लगाउने, सांसदले २४ घण्टाभित्र धनगढी छोडनुपर्ने  र सांसदलाई नै जलाउने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

प्रदेश ७ को राजधानी ‘गोदावरी’ बनाउन लागिएको भन्दै बुधवार भएको प्रदर्शनमा वडले दिएको अभिव्यक्तिपछि सांसदहरुले आफुहरुको ज्यान जोखिममा परेको, अप्रिय घटना हुनसक्ने, शान्तिसुरक्षामा खलल पुग्ने भएकाले वडलाई तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अगाढी बढाउन भन्दै माग गरेका छन ।

मेयर वडको अभिव्यक्तिको सर्वत्र आलोचना भईरहेको छ भने उनले विहिवार विज्ञप्ति मार्फत माफी समेत मागिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: