दसैंको मुखैमा गाडी भाडा बढ्यो !

मा प्रकाशित


काठमाडौं । गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुनै पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैंको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ ।

यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १० प्रतिशत भाडा बृद्धि गर्ने निर्णय भएको हो । भाडा बृद्धि आईतबारबाटै लागू गर्ने निर्णय भएको विभागले जनाएको छ ।

गाडीभाडा बढाउने निर्णय भएसँगै व्यवसायी दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न सहमत भएको विभागको दाबी छ ।आइतबारबाटै सबै ठाउँको अग्रिम टिकट बुकिङ खुल्छ, यातायात व्यवस्था विभागका सुचना अधिकारी गोकर्णप्रसाद उपध्यायले भने । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: