जवरजस्तीकरणी गर्न खोजेको आरोपमा युवक पक्राउ

मा प्रकाशित


बैतडी ।

बालिकालाई जवरजस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका ४ बस्ने २४ बर्षिय नन्दु जोशी रहेका छन् ।

बुधबार शाहीलेक बजारबाट घर फर्किदै गर्दा दनपा कै एक बालिकालाई ठुलिखोला भन्ने ठाँउमा जोशीले जवरजस्तीकरणी गर्न खोजेको पिडित पक्षको भनाई छ ।

पिडित किशोरीको ठाडो निवेदनका आधारमा जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

घटना बारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । १ घण्टा सम्म जवरजस्तीकरणीको प्रयास भएको र आफु संग भएको सर–सामानहरु खोलामै छोडेर भाग्न सफल भएको पिडित बालिकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: