चित्रकला प्रतियोगितामा संस्कृतिका गोपेश बाहेती प्रथम

मा प्रकाशित


काठमाडौँ । राजधानीमा ‘काठमाडौँ भ्याली इन्टरस्कुल आर्ट कम्पिटिसन’ सम्पन्न भएको छ । उपत्यकाभित्रका ५३ वटा विद्यालयको सहभागिता रहेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति इन्टरनेसनल स्कुलका कक्षा ९ का छात्र गोपेश बाहेती प्रथम भएका छन् ।

त्यसै गरी दोस्रो स्थान ब्राइट होराइजन स्कुलका छात्र रविना थापा र तेश्रो स्थान हिलटाउन इन्टरनेसनल स्कुलका छात्र रोशन महर्जनले हात पारेका छन् ।

यस प्रतियोगिताको टप १० विजेतामध्ये संस्कृति इन्टरनेसनल स्कुलका ६ जना सहभागीले मुख्य स्थान हात पार्न सफल भएको छन् । प्रतियोगितामा कक्षा ५, ६ र ७ का विद्यार्थीको एउटा समूह र कक्षा ८, ९ र १० को अर्को समूह निर्माण गरी प्रतियोगिताको आयोजना गरिएको थियो ।

पुष्पसदन आल्मुनियम एसोसिएसनले आयोजना गरेको उक्त चित्रकला प्रतियोगितामा संस्कृति स्कुलबाट सहभागी अन्य टप १० मा पर्न सफल विद्यार्थीमा सिद्धी बाहेती, आयुश नकर्मी, ऋतिका भट्टराई, कृति क्षेत्री, श्रेया भट्टराई रहेका छन् ।

प्रतियोगितामा सहभागी संस्कृति इन्टरनेसनल स्कुलका कला विभाग प्रमुख ईश्वर डंगोलले यस्ता चित्रकलाका प्रतियोगिताले विद्यार्थीमा अन्तर्निहित सिर्जनशील क्षमता बाहिर आउने बताए । साथै उनले देशमा रहेका थुप्रै विद्यालयमा कला विषयका प्रशिक्षकको अभाव रहेको कुरा बताए । उनले भने, ”सबै विद्यालयमा कला वियषका प्रशिक्षक राखेर विद्यार्थीहरुलाई चित्रकलाको सैद्धान्तिक तथा प्रयोगात्मक दुबै पक्षको तालिम दिन सके सबै विद्यालयका प्रतिभा अगाडि आउन सक्नेछन् । भविष्यमा चित्रकला क्षेत्रको अझै महत्व बढ्ने र यो पेशा व्यवासिक हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: