चार दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मा प्रकाशित


नारायणराम सार्की,

विश्व खाद्य कार्यक्रम र एकिकृत विकास समाज नेपालको साझेदारीमा चार दिने सामाजिक परिचालन प्रशिक्षक प्रशिक्षण तालिम पाटन सम्मन्न भएको छ ।

तालिमको सहजीकरण एकिकृत विकास समाज नेपालका तारा खाती र अन्जन कुमार फोजुले सहजीकरण गरेका थिए । सहजीकरणमा पूर्ण सरसफाई मार्गदर्शन र सूचकहरु, सरसफाई किन ? सरसफाईको सम्बन्ध के सँग छ । सरसफाइको प्रस्थान विन्दु के हो ? मानव मलमूत्रको विसर्जनको राम्रो उपाय के हो ? विद्यनलय खानेपानी, सरसफाई तथा स्वच्छतासम्वन्धी कार्यविधि २०७४ तथा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छताका मापदण्ड बारेमा जाकारी गरराइएको थियो ।

विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन प्रक्रिया, काम कर्तव्य तथा अधिकार र विद्यालय वालक्लव गठन प्रत्रृmया, काम कर्तव्य, अधिकार र सामाजिक परिचालकको भूमिका, सामाजिक परिचालकले गर्नु पर्ने मुख्यकार्यहरु, सामाजिक परिचालकका आचारसंहिता, परिचालकका व्यक्तिगत आवश्यक गुणहरु के के हुन ? विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ, फोहरपानी व्यवस्थापन, प्रशोधन तथा करेसाबारी, हामी कसरी सिक्छौ भन्ने बारेमा पनि जानकारी गराएका थिए ।

महिनावारी सरसफाई व्यवस्थापन, महिनावारी भएको बेला कसरी सरसफाई गर्ने ? विद्यालय महिनावारी स्वच्छता र व्यवस्थापन, महिनावारी सरसफाइ व्यवस्थापनमा समुदायको भूमिका, व्यक्तिगत सरसफाइ र हात धने अवस्था चरणहरुको बारे पनि जानकारी भएको छ । सामान्यतया मानिसहरुको सूचना संग्रह गर्ने क्षमता, सफल प्रस्तुतिका सुत्रहरु, सहजीकरण सीप समुदायको अगुवाईमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम ९ऋीत्क्० र जागृतिमुलक औजारहरुको बारेमा छलफल, सफा र स्वच्छताका चरण, सरसफाइमा परिचालकको भूमिका, सञ्चार सीप, सहभागिमूलक ग्रामिण लेखाजोखाको महत्व, समुदायको अगुवाईमा सञ्चालित पूर्ण सरसफाईका विषय बस्तुहरुको बारेमा ४ दिने सामाजिक परिचालकरुको प्रशिक्षक तथा प्रशिक्षण तालिम कार्यक्रममा छलफल गरिएको थियो ।

विश्व खाद्य कार्यक्रम विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालित विद्यालयहरुमा खानेपानी सरसफाइ तथा स्वच्छता सुविधामा सुधार र प्रयोगात्मक अभिवृद्धिका लागि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत सामाजिक परिचालनहरुका लागि चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०७५ भाद्र १२ गते १५ गते सम्पन्न भएको छ।

बैतडीका १८ र दार्चुलाका १४ गरी ३२ जना विद्यालय परिचालकको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा शिक्षाका लागि खाद्य इकाइका ईकाइ प्रमुख ऋषिराम विमली प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: