ओपोको एफ नाइन अब नेपाली बजारमा

मा प्रकाशित


काठमाडौं । नेपाली बजारमा ओपो मोबाइलको नयाँ उत्पादन ओपो एफ नाइन आएको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्यास चार्जिङ र उद्योगकै पहिलो ग्राडियन्ट कलर डिजाइनसहित एफ नाइन आएको कम्पनीले जनाएको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यु र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियन्ट कलर एफ नाइन उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सनराइज रेड र ट्वाइलाइट ब्ल्यु देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री भएको छ भने स्टारी पर्पलका लागि केही समय लाग्ने छ । ओपो एफ नाइन ४ जीबी को मूल्य ४१ हजार ५९० र ६ जीबी को मूल्य ४५ हजार ५९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: