हेमबाबु बने राप्रपाकाे प्रदेश प्रवक्ता

मा प्रकाशित


राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेश प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य हेमबाबु लेखक नियुक्त भएका छन् । पार्टीका अध्यक्ष कमल थापाले लेखकलाई प्रवक्ता नियुक्त गरेका हुन् ।

अखण्ड सुदूरपश्चिम अान्दाेलनका मुख्य याेजनाकार तथा साहित्यकार लेखक राप्रपाभित्र अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनका विश्वासपात्र मानिन्छन् । ७ नम्बर प्रदेशमा लेखक थापा र लिङ्देनका नजिकका नेता मानिन्छन् ।

साहित्यिक क्षेत्रमा समेत महत्त्वपूर्ण याेगदान पुरयाएका लेखकले कालापानीदेखि सुस्तासम्म माटाे बचाउ अभियान चलाएका थिए । उनका अाधा दर्जन पुस्तक प्रकाशित छन् ।

जानकारहरुका अनुसार मिलनसार स्वभावका लेखकको सम्बन्ध अन्य पार्टीका ठूला नेताहरुसित समेत सुमधुर रहेको छ । अहिले लेखककै परिकल्पना र सक्रियतामा बैतडी सदरमुकाममा पृथ्वीनारायण शाहको सर्वाधिक ठूलो शालिक निर्माण अभियान समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!