स्थानीय तहमा ४३ हजार कर्मचारी अपुग

मा प्रकाशित


काठमाडौँ : स्थानीय तहमा अझै प्रशासनतर्फ करीब १३ हाजर र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सङ्घीयता कार्यन्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग छन् ।

सातसय त्रिपन्न स्थानीय तहमा प्रशासनतर्फ १८ हजार ३१ कर्मचारीमध्ये अहिले पाँच हजार १६० मात्र कर्मचारी छन्। सबभन्दा बढी नासु अपुग छ। बाह्र हजार ९६४ नायव सुब्बामध्ये ११ हजार ७२ अपुग छन्। सहसचिव दुई, उपसचिव २१३, शाखा अधिकृत २७९, नायबसुब्बा ११ हजार ७२, खरदार एक हजार २७९ कर्मचारी अपुग छन्।

मन्त्रालयले प्रशासनतर्फ सचिव एक, सहसचिव १८, उपसचिव ५३१, शाखा अधिकृत एक हजार २३८, नायबसुब्बा १२ हजार ९६४ र खरदार तीन हजार २७९ आवश्यक छ भने काठमाडाँै महानगरपालिका दुई सहसचिवमध्ये एक पद खाली छ।

यस्तै कामनपामै आठ उपसचिव पद रिक्त छ। अहिले ती शाखामा शाखाअधिकृतले काम चलाइरहेका छन् । यसैगरी ११ उपमहानगरपालिका दुई जनाको दरले २२ उपसचिव रहने व्यवस्था भए पनि अहिले नौँ मात्र छन्।

यस्तै ७५ हजारभन्दा बढी जनसङ्ख्या भएका सबै नगरपालिकामा सबै उपसचिव पुगेका छन् भने ७५ हजारसम्म जनसङ्ख्या रहेका ६८ नगरपालिकामध्ये एक नगरपालिकामा मात्र उपसचिवको पद रिक्त छ।

यसैगरी ५० हजारसम्म जनसङ्ख्या भएको १५१ नगरपालिकामा ५४ उपसचिव, २५ हजारसम्म जनसङ्ख्या भएका ३१ नगरपालिकामा १७ उपसचिव, २५ हजार भन्दामाथि जनसङ्ख्या भएका १२६ गाउँपालिकामा ११५ उपसचिव र ७७ जिल्ला समन्वय समितिमा पाँच उपसचिवको पद रिक्त छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: