सुकुम्बासीकी सारथी सरस्वतीलार्ई दर्नाल अवार्ड

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

हिंसामा परेका महिलासंगै जातीय विभेदमा परेकाहरुलाई निरन्तर न्याय र समानताको क्षेत्रमा सहयोग गर्दै सामाजिक आन्दोलनमा सक्रिय बैतडीकी सरस्वती नेपाली अन्तराष्ट्रिय दर्नाल अवार्डबाट सम्मानित हुनुभएको छ । सामाजिक अभियन्ता सरस्वती नेपाललीलाई बुधवार काठमाण्डौंमा आयोजित सम्मेलनमा यसवर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड प्रदान गरिएका हो ।

जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको दर्नाल अवार्ड २०१८ मा नेपालीलाई प्रदान गर्न लागेको फाउन्डेनिले जनाएको छ । अवार्डको राशी ५ लाख रुपैयाँको रहेको आयोजकले विज्ञप्ती निकालेर सार्वजनिक गरेको छ ।

सरस्वती नेपालीले भूमिअधिकार शिक्षा र उत्पीडित समुदायको वकालतमा अगुवाइ गर्नुका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको थियो । सन् २००८ देखि २०११ सम्म भूमिअधिकार मञ्च, बैतडीको संयोजक रहेकी नेपालीको अगुवाईमा बैतडीका ३७ परिवार भूमीहिनले दुई रोपनीजग्गा र लालपूर्जा प्राप्त गरेका थिए ।

सरस्वती नेपालीले भएको जागिर छोडेर भूमिहीन, सुकुम्बासी, लैङ्गिक समानता, जातीय विभेद अन्त्यका लागि दुई दशकदेखि अनवरत सक्रिय हुनुहुन्छ ।

भूमिहीन महिला किसानलाई संगठित गर्दै मासिक बचत गर्न भूमिमा महिला कृषि सहकारी संस्थाको अवधारणा ल्याएर २०६८ सालदेखि भूमिहीन महिलाहरुलाई विभिन्न आयमूलक काम गरेर बचत गर्न सिकाउने अभियानमा हुनुहुन्छ ।

दशरथचन्द नगरपालिका–४ खलंगामा २०३८ सालमा जन्मनु भएकी सरस्वती नेपाली ६ महिनाको हुँदा बुवाको निधन भएपछि निकै दुःखमा हुर्कनुभयो । संघर्षगर्दै जाँदा आज सम्मानीत भएको भन्दै यो सम्मानले आफुलाई अझै सामाजिक क्षेत्रमा लाग्न थप प्रेरणा दिने नेपालीले बताउनुभएको छ ।

जातीय विभेद, भूमिहीन सुकुम्बासी समस्या, हलिया प्रथा र महिला हिंसा बिरुद्ध दुई दशकदेखि आन्दोलनमा सक्रिय सरस्वती नेपाली देशका ४५ जिल्लामा सामाजिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै दक्षिण एसियाका १४ देशका भूमिहीन किसानहरुको जनादेश यात्रा सन् २००७ मा अन्तराष्ट्रि सम्मेलनमा सहभागी हुनुभयो ।

महिला मानव अधिकार रक्षक संजालले २०६८ मा महिला हिंसा अन्त्यका लागी सुरु गरेको पदयात्रामा डडेल्धुरादेखि काठमाण्डौसम्म सहभागी गएर आफ्नो जिल्लामा महिला अधिकारको पक्षमा प्रष्टरुपमा आवाज उठाउन निरन्तर संघर्षरत रहनुभयो ।

२०७१ सालमा लामो समयसम्म भूमि आन्दोलनमा सक्रिय भएर काम गर्दैजाँदा जिल्लामा गठित सुकुम्वासी समस्या समाधान आयोगको सदस्य पदमा रही सुकुम्बासी,भुमिहीहरुको लागी काम गर्ने अवसर प्राप्त गरेर बैतडीका भूमिहीन र सुकुम्बासीका समस्या पहिल्याउन काम गरेको नेपालीले बताउनुभयो ।

लामो समयसम्म ,जातीय विभेद सिनो प्रथा,हलिया महिला हिंसा विरुद्ध सक्रियभई आन्दोलनमा सहभागी भएकोले दर्नाल अवार्डबाट सम्मानीत भए पश्चात थप जिम्मेवारी महसुश गराएको नेपालीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: