भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको राजकीय सम्मानका साथ अन्त्येष्टि

मा प्रकाशित


नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको शुक्रबार हजारौँको सहभागीतामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेको राजघाट नजिकै स्मृतिस्थलमा उनको अन्त्येष्टि गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई छोरी नमिता भट्टाचार्यले दागवत्ती दिनु भएको थियो ।

भारतका दशौँ प्रधानमन्त्री वाजपेयीको बिहीबार बेलुका ५ बजेर ५ मिनेट जाँदा देहान्त भएको थियो । झण्डै नौ हप्तादेखि उहाँको अल इन्डीया इन्ष्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा उपचार गरिएको थियो । उपचार सफल नभएपछि बिहीबार ९३ बर्षको उमेरमा वाजपेयीको निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: