‘ब्लफ कल’ गर्नेलाई दुई वर्ष कैद

मा प्रकाशित


काठमाडौं ।

बिनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।

अपराधसंहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न÷गराउन हुँदैन ।’ यस्तै, टेलिफोन वा फेसबुकबाट धम्की दिनेलाई एक वर्ष कैद वा १० हजार जरिमानाको व्यवस्था गरिएको छ ।

कसैलाई डर, त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।

बिनाअनुमति घरमा छिरे तीन वर्ष कैद

अनुमति नलिई अरूको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिमानाको व्यवस्था गरिएको छ । अधिकारप्राप्त अधिकारी र उसको अनुमति पाएको व्यक्तिबाहेक अरू मान्छे घरधनीको स्वीकृति नलिई कसैको घरभित्र प्रवेश गर्न वा खानतलासी गर्न पाउने छैनन् ।

घर भन्नाले कोठा, होटल, शिविर र पाललाई समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: