बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु, यस्तो छ कार्यतालिका

मा प्रकाशित


काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकमा नेपालसहित सात सदस्य रहेको चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधान न्यायाधीश दसो छिरिङ वाङचुक सहभागी छन्।

विम्स्टेकको अध्यक्ष राष्ट्रको प्रधानमन्त्रीको हैसियतले प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गर्दै देशको वुद्ध र सगरमाथाको देशमा, शान्ति र समृद्धिको देशमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरुलाई स्वागत गरे। उनले बिम्स्टेकले दक्षिण एसियालाई दक्षिणपूर्वी एसिया र हिमालयलाई सागरसँग जोड्ने बताए।

यस्तो छ बिम्स्टेक सम्मेलनको दुई दिने कार्यतालिका

भदौ १४
सम्मेलनमा सहभागी हुन बिहीबार बिहान तीन (राष्ट्र भारत,ब‌ंगलादेश र थाइल्याण्ड)का प्रमुख आएका छन्। अरु तीन देशका प्रमुख बुधबार नै नेपाल आइपुगेका छन्। सबै राष्ट्रप्रमुखलाई बिहान करिब ११:४५ बजेतिर राष्ट्रपति भवन शितल निवासमा दिवा भोजको आयोजना गरिएको छ।

३:३० बजे सम्मलेनको उद्‍घान हुने समयतालिका छ। त्यसपछि बेलुका ६:३० देखि १०: १० बजेसम्म सबै राष्ट्रप्रमुखका लागि होटल ह्यातमा ‘गाला डिनर’ को व्यवस्था गरिएको छ।

भदौ १५
बिम्स्टेकमा सहभागी हुन नेपाल भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पशुपतिनाथको दर्शन तथा पशुपति धर्मशाला उद्‍घाटन गर्ने कार्यक्रम छ।धर्मशालाको उद्‍घाटनपछि साँझ मोदी स्वदेश फर्किने छन्।

त्यस्तै बिम्स्टेकमा सहभागी हुन बंगालदेशबाट बिहीबार बिहान नेपाल आएकी प्रधानमन्त्री शेख हसिन शुक्रबार बिहान ११ बजे स्वदेश फर्किनेछन्। उनी सम्मेलनको समापन नहुँदै स्वदेश फर्किनेछन्। उनी ढिलो नेपाल आउने र छिटो स्वदेश फर्किने पाहुनामा पर्छिन्।

यस्तै, ३:४५ बजे सम्मेलनको समापन हुने कार्यतालिका रहेको छ।सम्मेलनको समापनसँगै करिब ४ बजेतिर म्यानमारका राष्ट्रपति विन मिन्त स्वदेश फर्किनेछन्। उनी बिम्स्टेकमा सहभागी हुन आउने पहिलो विदेशी पाहुना हुन्।उनी मंगलबार मिनेटमा नेपाल आइपुगेका हुन्।राष्ट्रपति मिन्त भदौ बुधबार लुम्बिनी भ्रमणमा गएर काठमाडौ फिर्ता भइसकेका छन्।

त्यस्तै, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ४:१५ बजे स्वदेश फर्किने समय तालिका रहेको छ।उनी भदौ १४ गते नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: