बाल कविता : प्रकृति र चित्रकला

मा प्रकाशित


आयुश बलामी नकर्मी 

कक्षा ८ 
संस्कृति इन्टरनेसनल स्कुल
हलचोक, स्वयम्भू, काठमाडौँ

चित्रकार : अायुश बलामी नकर्मी

चित्रकला संसारलाई चम्काउँछ सधैँ
सभ्यता र संस्कृतिलाई झल्काउँछ सधैँ
एउटै चित्रले हजारौँ शब्द बोल्दछ
एउटै चित्रले विश्वमा शान्ति जगाउँछ

धेरै कुरा थोरैमा भन्न चित्र कोर्नु पर्छ
कलाकारले प्रकृतिको कला चोर्नु पर्छ
जुन कुरालाई मनले छुन्छ त्यसलाई कोर्न सक्छौँ
चित्रकला भित्र हामी जीवन जोड्न सक्छौँ

कला विना हाम्रो जीवन फिक्का हुने गर्छ
कलाले नै मानिसको जीवन छुने गर्छ
कलाले नै संसारको रहस्यलाई खोल्छ
प्रकृतिको विराटता चित्रले नै बोल्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: